यी हुन् आमालाई काट्न भन्दै तरबार ताक्ने छोरा !

साझासवाल
1 Min Read

पुस २९, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ३ खस्यौलीमा आमालाई काट्न भनेर तरबार देखाउने छोरा पक्राउ परेका छन् ।

रिब्दीकोट ३ बस्ने २४ वर्षीय हिराबहादुर दर्लामीले आफ्नो आमा चित्रकुमारी दर्लामीलाई अश्लील गाली गलौचसहित तरबारले अचानोमा राखी काट्ने भनेर तरबार देखाएर धाक धम्की दिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रवक्ता वीरेन्द्र थापाले बताए ।

थापाका अनुसार प्रहरी चौकी हार्थोकबाट घटनाको सम्बन्धमा जानकारी हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिई तरबार र काठको अचानोसहित हिराबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply