2026-07-11 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

आफ्नो छोरीसँग अनैतिक सम्बन्ध राखेको भन्दै रौतहटमा युवकको हत्या

असोज १०, रौतहट /
रौतहट इनरवा–३ का भुनेश्वरलाल राउत कुर्मीको परिवारले आफ्नी छोरीसँग अनैतिक सम्बन्ध राखेको भन्दै एक
युवकको हत्या गरेको प्रहरीले बताएको छ ।

प्रेम सम्बन्धका कारण
इनरवा–३ का १७ वर्षीए जितेन्द्रप्रसाद कुशवाहाको हत्या भएको हो । युवतीको परिवारले आफ्नो छोरीसँग पटक
पटक अनैतिक सम्बन्ध राख्न खोज्दा परिवारजनले थाहा पाएपछि जितेन्द्रलाई नियन्त्रणमा लिएर भदौ २७ गते
हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ ।


हत्याकाण्ड बारे जानकारी दिँदै शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक नवराज
खड्काले मृतक जितेन्द्रले एकै परिवारका दुई युवतीसँग अनैतिक सम्बन्ध राख्ने गरेको जानकारी पाएका
परिवारले युवक कुशवाहालाई घाँटी थिचेर हत्या गरेको जानकारी दिए । पक्राउ पर्नेमा भुनेश्वर राउत,
सुगान्धी राउत, रीता कुमारी पटेल र इन्द्रजित पटेल रहेका छन् ।

गत भदौ २७ गते राति ११ बजे छोरीको मोवाइलबाट युवक कुशवाहालाई घरमै बोलाएर उनका अभिभावकहरुले
नियन्त्रणमा लिएर छिमेकी गाउँ पिपरा परोहा गाविस ७ स्थित सोती पुल नजिकैको झाडीमा घाँटी थिचेर हत्या गरी
फरार भएको प्रहरी निरीक्षक खड्काले जनाए ।

चार पाँच पटक घरमै
आएर छोरीसँग जवरजस्ती गर्न खोज्ने युवकलाई समातेर उसको अभिभावकलाई जिम्मा लगाई छोरालाई सुधार्न चेतावनी
दिँदा पनि युवक नसुध्रिए पछि बाध्य भएर हत्या गरेको भुनेश्वर लालले स्वीकार गरेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो