पढ्न करिब 1 मिनेट लाग्छ

पुस २९, बैतडी | बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्।

पञ्चेश्वर गाउँपालिकाकी एक महिलाले आफूमाथि ससुराले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार निवेदन दिएकी थिइन्।

सोही आधारमा ससुरा नाता पर्ने एक पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताए। घटनाको अनुसन्धान भइरहेको उनले बताए।

साथै पुर्चौडी नगरपालिकाकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। बलात्कार पछि आफू गर्भवती भएको र आरोपीले गर्भपतन गराउन लगाएको उजुरीमा उल्लेख छ। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।