2026-11-01 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपालगञ्जका १५ वडामा फैलियो दादुरा, संक्रमितको संख्या १७६ पुग्यो

माघ १, नेपालगञ्ज | बाँकेको नेपालगञ्जमा पुस १२ गतेदेखि देखिएको दादुरा संक्रमण तीब्र बन्दै गएको छ । उपमहानगरका २३ वडामध्ये शनिबारसम्म १५ वडामा संक्रमण फैलिएको छ भने संक्रमितको संख्या १७६ पुगेको छ । 

नेपालगञ्जमा शनिबार एकैदिन २० जना बालबालिकामा संक्रमण देखिएको थियो । १५ वडामध्ये संक्रमण सुरु भएका ७ र ८ नम्बर वडाका बालबालिका सबैभन्दा धेरै संक्रमित भएका छन् ।

५ नम्बर वडाका एक बालकको ११ दिनअघि मृत्यु भएको थियो । पूर्ण खोप जिल्ला घोषणा गरिएको बाँकेमा दादुरा आउटब्रेक भएपछि नेपालगञ्जमा खोप कार्यक्रमलाई तीव्रता दिइएको छ ।

नगरमा हाल १२ वडाभित्र १६ वटा खोप केन्द्र तोकेर मिजल्स भाइरस विरुद्धको खोप र भिटामिन ए वितरण गरिदैछ । उपमहानगरमा सो खोप लगाउने उमेरका ४३ हजार बालबालिका छन् ।

तीमध्ये शनिबारसम्म १६ हजार ६८९ जनालाई खोप दिइएको नेपालगञ्ज उपमहानगरपालिकाका खोप फोकल पर्सन जागेश्वर बस्नेतले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द