माघ १, नेपालगञ्ज | बाँकेको नेपालगञ्जमा पुस १२ गतेदेखि देखिएको दादुरा संक्रमण तीब्र बन्दै गएको छ । उपमहानगरका २३ वडामध्ये शनिबारसम्म १५ वडामा संक्रमण फैलिएको छ भने संक्रमितको संख्या १७६ पुगेको छ ।

नेपालगञ्जमा शनिबार एकैदिन २० जना बालबालिकामा संक्रमण देखिएको थियो । १५ वडामध्ये संक्रमण सुरु भएका ७ र ८ नम्बर वडाका बालबालिका सबैभन्दा धेरै संक्रमित भएका छन् ।

५ नम्बर वडाका एक बालकको ११ दिनअघि मृत्यु भएको थियो । पूर्ण खोप जिल्ला घोषणा गरिएको बाँकेमा दादुरा आउटब्रेक भएपछि नेपालगञ्जमा खोप कार्यक्रमलाई तीव्रता दिइएको छ ।

नगरमा हाल १२ वडाभित्र १६ वटा खोप केन्द्र तोकेर मिजल्स भाइरस विरुद्धको खोप र भिटामिन ए वितरण गरिदैछ । उपमहानगरमा सो खोप लगाउने उमेरका ४३ हजार बालबालिका छन् ।

तीमध्ये शनिबारसम्म १६ हजार ६८९ जनालाई खोप दिइएको नेपालगञ्ज उपमहानगरपालिकाका खोप फोकल पर्सन जागेश्वर बस्नेतले जानकारी दिए ।

नेपालगञ्जका १५ वडामा फैलियो दादुरा, संक्रमितको संख्या १७६ पुग्यो
Leave a Comment