Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

निर्मला पन्त प्रकरण- पाँचजनाको डीएनए संकलन गरेर फर्कियो अनुसन्धान टोली, रिपोर्ट कुर्दै

By साझासवाल 3 मिनेट पढाइ

माघ २, काठमाडौँ | बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्त प्रकरणमा थप ५ जनाको डीएनए संकलन गरेर परिक्षणका लागि पठाइएको छ ।

गृहमन्त्री नियुक्त भएलगत्तै रवि लामिछानेले निर्मला पन्तका हत्यारा पक्राउ आफ्नो पहिलो प्राथमिकता भएको बताएका थिए । त्यसपछि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीमा कार्यरत डीआईजी सिंहको संयोजकत्वमा दुईजना मनोचिकित्सकसमेत रहने गरी छानबिन समिति गठन गरेको थियो ।

डीआईजी दुर्गा सिंहको नेतृत्वमा गठन भएको छानबिन समितिले कन्चनपुर पुगेर पाँचजनाको डीएनए संकलन गरेको हो । निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा हालसम्म एक सयभन्दा बढीको डीएनए परीक्षण भइसकेको छ । मृतक पन्तको भेजिनव स्वाबमा भेटिएको डीएनए प्रोफाइलसँग म्याच नभएपछि यो घटना प्रहरीका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।

२०७५ साउन ११ गते निर्मलाको शव स्थानीय उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको थियो । उनी अघिल्लो दिन साथीको घरमा जान्छु भन्दै निस्किएकी थिइन् । सीआईबी नेतृत्वको छानबिन टोलीले करिब एक महिनापछि स्थानीय दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा प्रस्तुत गरेपनि डीएनए नमिलेपछि उनिहरु छुटेका थिए ।

त्यसयता डीएनए मिल्ने व्यक्तीको खोजीमा रहेको प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन । त्यसयता सीआईबी र प्रहरी प्रधान कार्यालयले निरन्तर अनुसन्धान टोली परिचालन गर्दै आएको छ । प्रहरीले अनुसन्धान गरिरहेकैबीच गृहमन्त्री लामिछानेले घोषणा गरेपछि डीआईजी नेतृत्वमा समिती बनाइएको हो ।