2026-09-12 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना पक्राउ

माघ ४, महोत्तरी | नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बर्दिबास नगरपालिका वडा नं. ०४ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डदेखि  चेरु माईस्थान जंगलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाई लुटपाट गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास-१४ बस्ने २२ वर्षीय निरज साह सोनार, २२ वर्षकै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दिप लामा,  २० वर्षीय सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका शैलेन्द्र राउत र धनुषा जनकपुर उप-महानगरपालिका ७ जिरोमाईल बस्ने १९ वर्षीय दिपक राउत छन्।

पीडितको अनुसार २८ माघमा चेरुस्थित एकान्त जंगलमा पुर्‍याएर सिआइडीको बहानामा नगद, मोबाइल र क्यामरा लुटपाट भएको छ। ‘मलाई उनीहरूले हात-हातमा लट्ठी लिएर चारैतिरबाट घेरा हाले’, पीडित महतोले भने, ‘त्यसपछि मोबाइल, नगद र क्यामरा लिए।’

आफूसँग भएको डिएसएलआर क्यामरा चोरी गरेको स्विकार्नु पर्ने नत्र बर्सिबास बजार क्षेत्रबाट चोरी भएका मोटरसाइकलको मुद्दासमेत लगाउने धम्की दिएको पीडित महतोले बताए।

उनीहरूले महतोको साथबाट मोबाइल ३ थान, क्यामरा लेन्ससहित र ७५ हजार नगद लिएर फरार भएको प्रहरीलाई उजुरी दिएको प्रहरीले जनाएको छ।

उजुरीको आधारमा नै आरोपित ६ जनालाई बर्दिबास नगर क्षेत्रको विभिन्न ठाउँबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए।

आरोपित ६ जनालाई नै जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस