असोज ३, भक्तपुर । भक्तपुरमा दुई हजार १४२ जना बालबालिका उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । 

जिल्ला बाल कल्याण समिति भक्तपुरले आइतबार यहाँ आयोजना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, भक्तपुर । भक्तपुरमा दुई हजार १४२ जना बालबालिका उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । 

जिल्ला बाल कल्याण समिति भक्तपुरले आइतबार यहाँ आयोजना"/>

2026-09-18 11:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

बालबालिका उच्च जोखिममा, उद्धारमा कठिनाइ

असोज ३, भक्तपुर । भक्तपुरमा दुई हजार १४२ जना बालबालिका उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । 

जिल्ला बाल कल्याण समिति भक्तपुरले आइतबार यहाँ आयोजना गरेको भक्तपुरलाई बालश्रम शोषण मुक्त जिल्ला बनाउने पञ्चवर्षीय योजनाको समीक्षा कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको हो । 

जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भक्तपुरमा जोखिममा रहेका बालबालिकाको पुनःस्थापना र एवम् पारिवारिक मिलन कार्य चुनौतीपुर्ण भएको बताउनुभयो । 

जोखिममा रहेका बालबालिकाको पहिचान भइसक्दा पनि बालबालिकाको संरक्षण गर्ने निकायको अभावमा उनीहरुको उद्धार गर्न नसकिएको बताउँदै उहाँले कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्थालाई जिम्मेवारी लिन आग्रह गर्नु भयो । 

कार्यक्रममा केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष दिल्लीप्रसाद गिरीले सरकारी निकायका उच्च पदस्थ कर्मचारी कै घरमा समेत निकृष्ट बालश्रम प्रयोग भइरहेको पाइनु दुःखद् भएको चर्चा गर्नुभयो । उहाँले बालश्रम प्रयोग गर्ने व्यक्ति, घर वा संस्था कुनै पनि निकायलाई अब कारबाहीको दायरामा ल्याइने बताउँदै त्यस्ता जोसुकै व्यक्ति भए पनि अब उनीहरुलाई जेल हाल्न समिति सक्रिय हुने बताउनुभयो । 

महिला विकास कार्यालय भक्तपुरकी प्रमुख नीला घिमिरेले घरमा काम गर्ने, भूकम्पमा घर तथा परिवार गुमाएका, आफन्त नभएर अरुको आश्रय लिनुपरेका, विभिन्न उद्योग तथा कलकारखाना र यातायातका साधनमा काम गर्ने जोखिममा रहेका बालबालिकाको उद्धार गर्नु अति आवश्यक रहेको धारणा राख्नु भयो । 

कार्यक्रममा सहभागीले आव ०७४÷०७५ भित्र भक्तपुरलाई बालश्रम शोषणमुक्त जिल्ला बनाउन सबैले प्रतिबद्ध भएर हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई