पूर्णप्रसाद न्यौपाने/असोज ३, ओखलढुंगा । ओखलढुंगाका भूकम्प पीडितलाई गाँउबाट सदरमुकाम बोलाएर रित्तोहात घर फर्काएको समेत पाईएको छ । 

सम्झौतामा ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने/असोज ३, ओखलढुंगा । ओखलढुंगाका भूकम्प पीडितलाई गाँउबाट सदरमुकाम बोलाएर रित्तोहात घर फर्काएको समेत पाईएको छ । 

सम्झौतामा ह"/>

2026-11-02 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा भूकम्प पीडितलाई सदरमुकाम बोलाएर रित्तैहात फर्काइयो


पूर्णप्रसाद न्यौपाने/असोज ३, ओखलढुंगा । ओखलढुंगाका भूकम्प पीडितलाई गाँउबाट सदरमुकाम बोलाएर रित्तोहात घर फर्काएको समेत पाईएको छ । 

सम्झौतामा हस्ताक्षर गरिसकेका पीडितलाई अनुदान लिन सदरमुकाम बोलाएर पनि लिष्टमा नाम नभएको भन्दै रित्तोहात फर्काएको पाईएको हो । पूर्णक्षेती व्यहोरेका सबै पीडितसँग प्राधिकरणले यस अघि नै सम्झौता गरिसकेको र सम्झौतामा हस्ताक्षर गरिसकेका सबै पीडितको खातामा अनुदान रकम उपलब्ध गराईएको बताएपछि रकम बुझ्न आएका एक हजार भन्दा पीडितको नाम अनुदान पाउने लिष्टमा नपरेको भन्दै घर फर्काईएको छ । 

सरकारी संयन्त्र गैरजिम्मेवार बन्दै पीडितलाई थप पीडा दिने काम गरेको खिजिकातीका भूकम्प पीडित रेखनाथ न्यौपानेले गुनासो गर्नुभयो । अनुदान बुझ्न आउनु भनेर गाविसले सुचना दिएको र सदरमुकाम आएपछि लिष्टमा नाम नै नभएको भन्दै घर फर्काएको उहाँको भनाई छ ।

‘अनुदान रकम बुझ्न आउनु भनेर सुचना दिए हामी सबै आयौँ  तर बैङ्कमा पुगेर लाईनमा बसेपछि लिष्टमा नाम नभएको जानकारी पाएँ’ तिन दिन लगाएर सदरमुकाम आउँदाको दुःख सम्झँदै न्यौपानेले भन्नुभयो‘किन मेरो नाम लिष्टबाट हट्यो भनेर बैङ्क भित्रै बसेका गाविस सचिवलाई सोध्न खोज्दा समेत बैङ्का सुरक्षा गार्डले उल्टै दुव्यवहार गरे तर गाविसका प्रतिनिधीले चित्तबुझ्दो जवाफ दिएनन् ।’ लिष्टमा नाम नहुँदा नहँदै पनि नियतबस गाविसका कर्मचारीले सदरमुकाम सम्म बोलाएर दुःख दिएको उहाँको आरोप छ ।  

उता खिजिकाती गाविसका प्राविधिक सहयाक विरकुमार सुनुवारले भने गाविसले सबैको विवरण जिल्ला विकास समितिमा पठाएको तर गाविसले नपठाएको व्यक्तीको नाम आएको र पठाएको व्यक्तीको नाम छुटेको बताएका छन् । तर उनैले हस्ताक्षर गरेर जिल्ला विकास समितिमा बुझाएको विवरणमा उनले नहुनुपर्ने भनिएका व्यक्तीको विवरण पनि समावेस छ । गाविस सचिव काम गर्न नसक्ने भन्दै आफैँ अघिसरेर सबैकाम गर्न तम्सीने सुनुवारले समय अभाव भएकाले लिष्टमा नाम नभएका पीडितलाई सदरमुकाम नआउन भन्न नभ्याएको भन्दै गैरजिम्मेवार जवाफ दिएका छन् ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले निकायहरु बिच कमजोरी भएको स्विकार गर्दै तत्काल समस्या समाधान गरेर छुटेका पीडितहरुलाई रकम उपलब्ध गराउने बताउनुभयो । सम्झौतामा हस्ताक्षर गरेर पनि अनुदान नपाउनेको संख्या एक हजार भन्दा बढि रहको जिल्ला विकास समितिको एक तथ्याङकले देखाएको छ । 

विभिन्न गाविसका पीडितहरु वर्षाको समयमा अनेकौँ कष्ट व्यहोर्दै तिन चार दिन लगाएर सदरमुकाम आएर रित्तोहात फर्र्कीन बाध्य भएपनि यस विषयमा कुनै निकाय गम्भीर नबनेको पाईएको छ । 

प्रजिअ अधिकारीले छुटेकाहरुको विवरण तत्काल केन्द्रमा पठाएर उनिहरुको खातामा रकम जम्मा गरिदिने आश्वासन दिएपनि स्थानिय विकास अधिकारी सहित जिल्ला विकास समितिका योजना अधिकृत,प्राविधिक कार्यालयका प्रमुख  सहितका उच्च पदस्त जिम्मेवार कर्मचारीहरु जिल्लाबाहिर रहेको र साता दिन पछि मात्रै जिल्ला आउने भएकाले तत्काल छुटेकाहरुले रकम पाउने सम्भावना छैन ।

अनुदान सम्झौता सहितको सबै कागजात बोकेर रकम बुझेन आएका पीडितहरु यतिबेला सदरमुकामको मंहगीको मार सहेर बसेका छन् । गाविस सचिव र जिल्ला विकास समितिका कर्मचारीले भने प्राधिकरण केन्द्रकै कमजोरीले समस्या भएको बताउने  गरेका छन् । तर जिल्ला स्थित प्रशासक र राजनैतीक दलहरुले पनि आफुहरुका पक्षमा कडा कदम चाल्न नसकेका कारण समस्या भएको पीडितहरुको आरोप छ ।

प्रजिअ अधिकारीले पनि जिल्लाका सेवाप्रदायक निकायका प्रमुख र कर्मचारीहरु जिम्मेवार नबनेको भन्दै असन्तुुष्टि जनाउनुभयो । साझासबालसँग कुरागर्दै उहाँले आफुले अहिले पनि सुरक्षा लगाएतका सबै कार्यमा कुनै कमीहुन नदिएको भन्दै जिल्ला विकास समिति,गाविसहरु र प्राधिकरणका कर्मचारीहरु जिम्मेवार नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । पटक पटक आफुले समन्वय गरिरहेको भएपनि समस्याहरु कर्मचारीहरुले नै उब्जाईरहेकाले जनताले दुःख पाएको उहाँको भनाई छ ।

  यसैविच टुरीजम विकास बैङ्कले आज प्राप्चाका पीडितहरुलाई अनुदान रकम लिन बोलाएर बैङ्कमा रकम नभएको भन्दै फर्काएको छ । गाँउ र राजधानी सहित विभिन्न स्थानबाट अनुदान बुझ्न सदरमुकाम आएका प्राप्चाका पीडितहरु पनि आक्रोसित बनेर बसेका छन् । 

अहिले जिल्लाका ६ वटा बैङ्कहरुले अनुदान रकम वितरण गरिरहेका छन् । आज सम्ममा करिब ३ हजार ५ सय पीडितले रकम बुझेको स्रोतले जनाएको छ । 

तस्विर सौजन्य: पत्रकार कुम्भराज राईको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द