पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज ५, वीरगन्ज ।</b> प्रदेश नं २ को उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा स्थापना भई आजबाट आफ्नो कामकाज सुरु गरेको छ । </p><p>नेपाल सरकारको भदौ २९ गतेको निर्णयअनुसार सो इजलास स्थापना भई बारा, पर्सा तथा रौतहट जिल्लाको सेवाग्राहीलाई न्याय सेवा पु¥याउँदै आएको छ । जनताको घरदैलोसम्म न्याय सेवा पु¥याउने उद्देश्यले अस्थायी इजलास वीरगन्जमा स्थापना गरिएको सो इजलासका मुख्य न्यायाधीश उदयप्रकाश चापागाईंले राससलाई बताउनुभयो । </p><p>नेपाल सरकारको निर्णयअनुसार १५ जना न्यायाधीशको दरबन्दी भए पनि सुरुमा अहिले सातजना न्यायाधीश मात्र रहेका छन् । आफ्नो भवन नभएकाले अहिले वीरगन्ज चिनी कारखानाको प्रशासकीय भवनमा सो इजलासको कामकाज सुरु गरिएको छ । रासस </p>

