2026-09-16 03:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

जगाती-डोलेश्वर-साँगा सडक निर्माण सुरु

काठमाडौँ | भक्तपुरको जगाती-डोलेश्वर-आशापुरी-काक्राबारी-साँगा झोलुङे पुल सडक निर्माण सुरु भएको छ । बागमती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित रु १६ करोड बजेटको लागतमा निर्माण हुने सडकको आज बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के र बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।

सूर्यविनायक नगरपालिका– वडा नं. ८ र ९ को दुर्गम बस्तीलाई जोड्ने यो सडक दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ बहुवर्षिय आयोजनाअन्तर्गत निर्माण सुरु भएको मन्त्री मास्केले बताउयनुभयो । उहाँले सडक निर्माणले यहाँको पर्यटन विकास र स्थानीयको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्यमन्त्री थापाले सडक निर्माण पूरा भएमा यो क्षेत्र धार्मिक पर्यटकको मुख्य केन्द्र बन्ने बताउनुभयो । उहाँले हाल जगातीबाट डोलेश्वर हँुदै आशापुरी जाँदा गाडी फर्केर नआएसम्म के भयो होला भनेर डराउनुपर्ने अवस्था रहेकाले सडक निर्माणपछि केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर आउने धार्मिक पर्यटकलाई पौराणिक इतिहास बोकेको आशापुरी मन्दिर पुग्न सहज हुने बताउनुभयो ।

सहरी विकास मन्त्रालयबाट रु दुई करोड ५५ लाख विनियोजित बजेटबाट जगातीबाट गणेश स्कुल हँुदै डोलेश्वर जाने सडकको स्तरोन्नति सुरु भएको मन्त्री थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विसं २०६२ अगाडि यो क्षेत्रमा सडक पुगेको थिएन । त्यसबेलामा म तत्कालीन जिल्ला विकास समितिको सदस्य थिए, त्यहीबाट बजेटको व्यवस्थापन गरेर सुरु गरेको सडक अहिले आठ मिटर चौडासहित कालोपत्र हुने भएपछि निकै खुसी छु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु