१० असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण

७ जेष्ठ २०८२, मंगलवार १५:०३

काठमाडौँ | नब्बे सालको भूकम्पमा भत्किएको भक्तपुर नगरपालिका–४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण भएको छ । उक्त मन्दिरको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले आज उद्घाटन गर्नुभयो ।

विक्रम संवत् १९९० को महाभूकम्पमा मन्दिर भत्किएपछि जस्ताले छाएर सानो मन्दिरका रुपमा रहँदै आएको थियो । मन्दिरका विषयमा लामो अनुसन्धानपछि प्यागोडाशैलीमा तीन तलाको मन्दिर निर्माण गरिएको हो । विसं २०७६ सालमा मन्दिरको पुनःनिर्माण सुरु गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बिजुक्छेँले भन्नुभयो, “नरसिंह शक्तिको प्रतीक हो, लक्ष्मीसहितको नरसिंहले सन्तुलनको प्रतीक दर्शाउने गर्छ । शक्तिको आडमा मात्र विजय हासिल हुने कुरा सत्य होइन भन्ने सन्देश यहाँबाट पाइन्छ ।”

कला संस्कृति संरक्षण र संवर्द्धन आफैँमा सेवामुखी काम भएको बताउँदै अध्यक्ष बिजुक्छेँले सबै जनताले स्वयम्सेवी भावनाले उपभोक्ता समितिमार्फत मन्दिर पुनःनिर्माणमा खटिएकै कारण निर्माण सम्भव भएको बताउनुभयो । सम्पदा पुनःनिर्माणको काम ठेक्कामा दिन नहुनेतर्फ सबै सचेत हुन आवश्यक भएको बताउँदै भक्तपुरका जनताबीचको एकता तथा आपसी सहयोगको भावना नै भक्तपुरको विशेषता बन्दै गइरहेको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मल्लकालीन मौलिक स्वरूपमै मन्दिरको पुनःनिर्माण गरिएको बताउनुभयो । मन्दिर पुनःनिर्माणका लागि भक्तपुर नगरपालिकाले रु सात करोड ७७ लाख लगत अनुमान गरेकामा उपभोक्ता समितिमार्फत रु चार करोड ८३ लाख चार हजार ३८ मा पुनःनिर्माण सम्पन्न भएको उहाँले बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख रजनी जोशीले इतिहासको गर्भमा लुप्त अवस्थामा रहेको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण हुनुले भक्तपुरवासीकै गौरव बढाएको बताउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले नेपालमा हरेक १०० वर्षमा ठूल्ठूला भूकम्प जाने गरेको तथ्यांक प्रस्तुत गर्दै सम्पदाहरुको समयसापेक्ष ढङ्गले जीर्णोद्धार र मर्मतसम्भारमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले मौलिक स्वरुप गुमाइसकेको मन्दिरले पुनःजीवन पाउनु ठूलो उपलब्धि भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण प्राविधिक समितिका संयोजक एवम् ख्वपः इन्जिनियरिङ कलेजका प्राचार्य ई सुजन माक, लक्ष्मीनरसिंह मन्दिर उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले मन्दिर पुनःनिर्माणसम्बन्धी जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बिजुक्छेँले मन्दिर पुनःनिर्माणका डकर्मी जगतराम न्हिसुतु र सिकर्मी नाइके बलराम शिल्पकारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । मन्दिर उद्घाटनपूर्व भक्तपुर दरबार क्षेत्रबाट भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सांस्कृतिक बाजागाजासहित क्वाछेँ, टोमढी हुँदै लक्ष्मीनरसिंह मन्दिरसम्म ¥याली भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले,कांग्रेस र माओवादी बाट २० फिट पर नै बस्नु भन्ने खालको जनताबाट सन्देश छ : रास्वपा उपसभापति वाग्ले इजरायल र इरानद्वारा युद्धविराम स्वीकार ‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति ‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले घरेलुु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँः अधयक्ष दाहाल एसिसी यु–१६ क्रिकेटः नेपाल लगातार विजयी इरान–इजरायल युद्ध : पछिल्लो घटनाक्रम एमाले सचिवालय बैठक बुधबार प्रतिनिधिसभा बैठक सञ्चालन: रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध ९ वटा कार्यादेशसहित भिजिट भिसा प्रकरणबारे छानबिन गर्न समिति गठन कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पुष्टि अमेरिकाद्वारा युद्धबिराम पछि इजरायल माथि इरानको मिसाइल प्रहार, तीनजनाको मृत्यु ताप्लेजुङका पाँच स्थानीय तहद्वारा बजेट सार्वजनिक सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी भिजिट भिसा प्रकरणबारे सरकारले बनाएको छानबिन समितिमाथि रास्वपाको सदनमै धारणा राख्ने तयारी सुनको मूल्य घट्यो पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या