2026-07-25 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन माग

काठमाडौँ | पोखरामा आज आयोजित कार्यक्रमका सहभागी उद्योग व्यवसायीहरूले सुस्ताएको अर्थतन्त्रलाई गति दिने बजेट ल्याउन माग गरेका छन् ।

पोखरा भ्रमणमा रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलसँग भएको अन्तक्र्रियाका वक्ताहरूले अर्थतन्त्रलाई गतिशिल बनाउने किसिमको बजेट अहिलेको आवश्यकता औल्याए ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले आगामी आर्थिक वर्ष २०८२ /८३ को बजेट निजी क्षेत्र तथा लगानीमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

अर्थतन्त्रलाई गति दिने खालका नीति तथा कार्यक्रमले मात्र निजी क्षेत्र उत्साहित हुने बताउँदै उहाँले यसतर्फ सरकारको ध्यान आकृष्ट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पोखराको पर्यटन उद्योगलाई चलायमान बनाउने खालका कार्यक्रमको अपेक्षा राखिएको उल्लेख गर्दै उहाँले पोखरा उद्योग वाणिज्य सङ्घले यहाँको शिक्षा, स्वास्थ्य, पर्यटनको विकास तथा कृषिको व्यवसायीकरणका निम्ति निरन्तर पैरवी गर्दै आइरहेको बताउनुभयो ।

आफूहरूले निजी क्षेत्रको हितमात्र नभई समग्र पोखराको विकासका निम्ति पनि उत्तिकै क्रियााशिल रहेको जानकारी गराउनुभयो । सिन्धुपाल्चोकका व्यवसायीसँग रहेको हिमालपार व्यापारको अनुभव र त्यसको महत्वबारे उल्लेख गर्दै उहाँले गण्डकी प्रदेशको कोरोला नाका सुचारु हुँदा समग्र गण्डकी क्षेत्रका व्यवसायीको निम्ति नयाँ सम्भावनाको ढोका खुल्ने धारणा राख्नुभयो ।

कोरोलामा नेपालतिर खासै भौतिक संरचना नबने पनि चीनसँग आयात र निर्यातको काम गर्ने अवसर आएको उहाँको भनाइ छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले अहिले खासा र रसुवा नाकाबाट निर्यातभन्दा बढी आयात मात्र हुने गरेको जानकारी दिँदै आयातमा आधारित अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका समस्याप्रति बढी ध्यान दिनुपर्ने भन्दै उहाँले महासङ्घमा वास्तविक समस्या बुझेको व्यक्ति नेतृत्वमा आउनुपर्ने धारणा राख्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले देशैभरका उद्योगी÷व्यवसायीहरु अहिले एउटै समस्याले पीडित भएको बताउँदै सुस्ताएको बजार चलायनमान बनाउन सरकारलाई निरन्तर दबाब दिनुपर्ने धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घलाई मोफलसका समस्याप्रति गम्भीर बनाउनका निम्ति जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूको एकताबद्ध प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उपमहासचिव सुदीप प्रधानाङ्गलगायतले उद्योगी व्यवसायीका समस्यालाई समाधान गर्ने गरी बजेट आउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक