2026-09-11 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मगरभाषा संरक्षण तालिम

काठमाडौँ | बागलुङको काठेखोला गाउँपालिकाले मगरभाषा संरक्षणका लागि अभियान थालेको छ । आदिवासी जनजातीमध्येका मगर समुदायले बोल्ने मगर खाम र मगर ढुट भाषा लोप हुन थालेपछि संरक्षणका लागि प्रशिक्षण अभियान थालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले पहिलो चरणमा काठेखोला–१ का मगर समुदायलाई एकमहिने मगर भाषा (ढुट) तालिम दिएको छ । परापूर्वकालमा मगर खाम भाषा र मगर ढुट भाषा बोल्दै आएका गाउँवासीलाई मगर ढुट भाषासम्बन्धी एकमहिना लामो प्रशिक्षण दिइएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । उहाँले काठेखोला–१ बाट थालेको मगर भाषा प्रशिक्षण तामिललाई गाउँपालिकाभर अभियानका रुपमा चलाइने बताउनुभयो । उहाँले आफ्नो भाषा संस्कृति र संस्कारलाई जोगाउनु गाउँपालिकाको कर्तव्य रहेको जनाउँदै गाउँपालिका भरका मगर समुदायलाई मगर भाषा सिकाइने बताउनुभयो । पछिल्लो समय चलनचल्तीको भाषाका रुपमा मगर ढुटलाई लिनेगरी अभियान थालिएको छ ।

पहिलोपटक गाउँपालिकाले करिना, धिमी र दोबिल्लाका ७५ जनालाई एकमहिने मगर भाषा प्रशिक्षण सम्पन्न गरिएको थापाको भनाइ छ । “पछिल्ला पुस्ताले मगर भाषा बोल्नै जान्दैनन्, भाषाको पुस्तान्तरण गर्न आवश्यक देखियो, त्यसैले भाषामा दख्खल राख्ने प्रशिक्षकले एक महिना लामो मगर भाषा प्रशिक्षण दिनुभएको छ, दोस्रो चरणमा अर्को वडामा समेत प्रशिक्षण गर्नेछौँ”, थापाले भन्नुभयो “प्रशिक्षणमा सहभागी स्थानीयले कम्तीमा मगर भाषामा सामान्य कुराकानी गर्न सिक्नुभएको छ, सिकेको भाषालाई परिवारका सदस्यलाई सिकाउन आग्रह गरिएको छ ।”

एक महिना लामो तालिमले मगर भाषाको विषयमा सामान्य जानकारी र कुराकानी गर्न सिकेको तालिममा सहभागी स्थानीय पूर्णबहादुर थापा मगरले बताउनुभयो । तालिममा ७५ महिला, पुरुष तथा युवा सहभागी रहेका थिए । सामान्य घरायसी कामकाजका लागि मगर भाषामा कुराकानी गर्न सक्ने भइएको भए पनि प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने स्थानीयको माग छ ।

गलकोट राज्यको पालामा तामाखानी खन्ने क्रममा यस वडाका मगर समुदायलाई खाम भाषा बोल्न रोक लगाइएपछि भाषा बिस्तारै लोप भएर जान किंवदन्ती रहेको काठेखोला–१ का वडाध्यक्ष खडक थापाले बताउनुभयो । यहाँका मगरहरुले गलकोट राज्यअन्तर्गत पर्ने विभिन्न खानीमा काम गर्ने र खाम भाषा बोल्ने गरे पनि अरूले खाम भाषा नबुझ्दा समस्या भएको भन्दै खानी खन्ने क्रममा खाम भाषा बोल्न नपाइने नियम लगाइएपछि मगर भाषा बिस्तारै लोप भएर जान थालेको र पछि मगर भाषा तालिम दिइएकोे वडाध्यक्ष थापाले बताउनुभयो ।

दुई पुस्तालाई एकै ठाउँमा राखेर प्रशिक्षण दिइएको थापाले बताउनुभयो । ७५ जनालाई तालिम दिइएको प्रशिक्षक तनहुँको घिरिङ निवासी दिलीप थापा मगरले बताउनुभयो । उहाँले आफूले सिकेका कुरा स्थानीयले घरमा मात्रै लागू गरेमा भाषा संरक्षणमा समस्या नहुने उहाँको भनाइ छ ।

एक महिना पाँच दिनसम्म सञ्चालनमा आएको तालिममा धिमिका १८, दोबिल्लाका १८ र करिनाका ३९ मगर समुदायलाई तालिम दिइएको थियो । तालिमको प्रशिक्षण खर्च रु एक लाख गाउँपालिकाले उपलब्ध गराएको र अन्य खर्च स्थानीयले गरेका थिए । तालिमपश्चात् मगर भाषामा सामान्य कुराकानी गर्न थालिसकेको वडाध्यक्ष थापाले बताउनुभयो । नेपाली मगर माषामा (ढुट, खाम, काइके र पोइके) प्रचलित भाषा हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस