2026-08-07 08:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

आकर्षणको केन्द्र बन्दै छहरे झरना

काठमाडौँ | बागलुङको बरेङ गाउँपालिका–३ र ४ को सिमानामा रहेको छहरे झरना पर्यटक आकर्षको केन्द्र बनेको छ । केही वर्षअघिसम्म ओझेलमा रहेको झरना क्षेत्रमा गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेपछि पर्यटकको आकर्षण बढेको हो ।

गाउँपालिकाले विसं २०७५ देखि झाडीले ढाकिएको झरनालाई व्यवस्थित बनाउँदै आएको छ । घना जङ्गलबाट पहरामा ठोकिँदै झर्ने झरना निकै मनमोहक छ । पर्यटकलाई आकर्षित गर्नका लागि झरना वरपर मन्दिर, भजनकीतनस्थल, रेलिङसहितको पदमार्ग, विश्रामस्थल निर्माण गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । झरना नजिकै ‘पिकनिक स्पट’ निर्माण गरेको हुँदा पछिल्लो समय टाढा–टाढाबाट वनभोज खानका लागि यहाँ आउने सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले हालसम्म पूर्वाधार निर्माणमा रु ६० लाखभन्दा बढी लगानी गरिसकेको बताउँदै अध्यक्ष शर्माले यस झरनाभन्दा केहीमाथि रहेको अर्को ठूलो भैँसे झरना प्रवर्द्धनका लागि पनि काम गर्न थालेको बताउनुभयो । “यो बागलुङको दक्षिण क्षेत्रकै सबैभन्दा ठूलो र आकर्षक झरना हो, यहाँ पर्यटकको चहलपहल बढ्न थालेको छ । हामी निर्वाचित भएर आएदेखि नै पूर्वाधार निर्माणमा जोड दिएका छौँ, सात वर्षदेखि यो झरनामा निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यस वर्ष झरनाबाट झरेको पानीलाई थुनेर ताल बनाउँदै छौँ, योभन्दा माथि रहेको भँैसे झरनालाई पनि व्यवस्थित बनाउँदै छौँ, पदमार्गले जोड्दै छौँ ।”

बरेङ गाउँपालिका–४ का यमबहादुर क्षेत्रीले पहिले ओझेलमा रहेको झरना हाल पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको बताउनुभयो । झरनाको छेउमा मन्दिर निर्माण गरिदिएपछि पूजा गर्नका लागि आएका दर्शनार्थीहरू झरनामा पुगेर स्नान गर्ने गरेको उहाँको भनाइ छ । पहिले गुमनान रहेको झरना यसरी व्यवस्थित होला भनेर कल्पना पनि नगरेको क्षेत्री बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “यो ठाउँमा यति राम्रो झरना छ भन्ने लागेको थिएन, पहिले झाडीले ढोकेकाले पनि धेरैले थाहा पाएका थिएनौँ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि यो ठाउँमा ल्याएर देखाइयो, त्यसपछि पालिकाले लगानी ग¥यो र अहिले धेरैका लागि रोजाइको केन्द्र बनेको छ । यहाँ बिदाको दिन सयौँ पर्यटक आउँछन् । महिनामा पाँच हजारभन्दा बढीले झरना अवलोकन गर्छन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव