2026-06-12

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर

काठमाडौँ | वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको छ । यसबाट स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । जिल्लामा स्थानीय जातका स्याउका बोटमा यसवर्ष निकै कम फूल फुलेको थिए । वर्षा भइरहँदा फुल्दै गरेका स्याउ बोटमा असर पुर्याएकाले यस वर्ष स्याउ उत्पादन कम हुने प्रक्षेपण गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्ष धेरै फूल फुलेर स्याउ उत्पादन बढी भएको थियो । यसवर्ष बोटमा सञ्चित इनर्जी निकै कम हुँदा फूल पनि निकै कम फुलेको थिए । फुलेका फूल पनि हावा र पानीले असर ग¥यो । स्याउ बोटमा फूल धेरै फुल्न इनर्जी आवश्यकता पर्छ, बोटमा स्याउको फूल धेरै भए पनि अर्को वर्ष फूल फुलाउन स्याउ बोटले आवश्यक सञ्चित इनर्जी प्राप्त गर्न सक्दैन ।”

जिल्लामा गत वर्ष स्याउ उत्पादन राम्रो भएको केन्द्र प्रमुख आत्रेयले बताउनुभयो । गत वर्ष सात हजार ३३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यसभन्दा अघिल्लो वर्षभन्दा सात सय ३४ मेट्रिक टन स्याउ उत्पादन वृद्धि भएको थियो ।

जिल्लाका स्थानीय जातका स्याउ बगैँचा बोटमा फूल कम देखिए पनि उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउको बोटमा भने खासै असर नपुगेको केन्द्र प्रमुख आत्रेयले सुनाउनुभयो । “हामीले कोवाङ, टुकुचे, मार्फा, स्याङ, ठिनी, जोमसोम र मुक्तिनाथका स्याउ बगैँचाका अवलोकन गरेका थियौँ, जहाँ स्थानीय जातका बोटमा फूल निकै कम देखिए पनि हाइब्रिड स्याउमा भने खासै असर परेको देखिएन ।” यस वर्ष स्थानीय जातका स्याउ कम फल्ने लक्षण देखिए पनि हाइब्रिड स्याउ उत्पादनमा कुनै असर नपर्ने केन्द्र प्रमुख आत्रेयको भनाइ छ ।

जिल्लामा स्याउ उत्पादनका लागि मौसमसमेत प्रतिकूल बनेको छ । स्याउको फूल फुल्दै गरेको अवस्थामा निरन्तरको वर्षा र कुहिरोका कारण स्याउ बोटको फूलमा फल लाग्न बाधक बनेको हो । अगौटे जातका फलफूल यतिबेला फूल फुलेर फल लागिसकेका छन् । अगौटे जातलाई वर्षाले असर नपुर्याए पनि ढिलो फूल फुल्ने मध्यम जातका फलफूलखेतीलाई निरन्तरको वर्षा र कुहिरोले असर पुर्याउने केन्द्र प्रमुख आत्रेयले उल्लेख गर्नुभयो ।

यहाँ फरकफरक स्थानमा लगाएको स्याउ बगैँचामा तापक्रम घटीबढी हुँदा कुनै स्थानमा ढिलो फूल फुल्ने र कुनै स्थानमा फूल फुलेर फल लागिसकेको केन्द्र प्रमुख आत्रेयको भनाइ छ । फूल लागेको स्याउ बोटमा वर्षाले असर नपुग्ने केन्द्रले जनाएको छ ।

यस वर्ष यहाँका स्याउ बगैँचामा फूल एकदमै कम फुलेकाले उत्पादन घट्ने लक्षण देखिएको थासाङ–१ टुकुचेका किसान सरोज तुलाचनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय जातका स्याउ बोटमा असर पर्ने देखिए पनि उच्च घनत्वमा प्रविधिमा आधारित स्याउखेतीमा भने कुनै असर पर्दैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले