2026-10-07 08:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सामुदायिक विद्यालयमा निःशुल्क आवासीय सुविधा

काठमाडौँ | बेनी नगरपालिका–५ मा रहेको डिम्ब आधारभूत विद्यालयले निःशुल्क आवासीय सुविधा उपलब्ध गराउन थालेको छ । आर्थिक रूपमा विपन्न, गरिब र घर टाढा भएका विद्यार्थीहरूलाई विद्यालयमै खानेबस्ने सुविधा उपलब्ध गराएको हो । निःशुल्क आवासीय सुविधा भएपछि विद्यार्थी सङ्ख्या दोब्बरले वृद्धि भएको विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले बताउनुभयो ।

“एकातर्फ विद्यार्थी सङ्ख्या न्यून भएर विद्यालयको कक्षा घटुवा हुने अर्कोतर्फ विद्यालय उमेर समूहका विद्यार्थीहरू गरिबीका कारण पढ्न नपाउने समस्या देखिएपछि आन्तरिक स्रोत जुटाएर नयाँ शैक्षिकसत्रको सुरूसँगै आवासीय सुविधा दिन थालिएको हो,” उहाँले भन्नुभयो, “यसअघि जम्मा १४ जना विद्यार्थी भएकामा आवासीय सुविधा सञ्चालन गरेपछि विद्यार्थी सङ्ख्या बढेर २८ जना पुगेको छ ।”

भर्ना अभियान जारी रहेकाले अन्त्यसम्म विद्यार्थी सङ्ख्या बढ्ने प्रअ पौडेलले बताउनुभयो । चिप्लेटीका साथै छिमेकी नयाँगाउँ, गान्धे, पैँयुपाटा, डाँडाखेत, थामडाँडा, ज्यामिरेका २५ जना विद्यार्थी छात्रावासमा बस्न थालेका छन् ।

विद्यालय भवनको कक्षाकोठामा फर्निचर गरेर विद्यार्थीहरूलाई सुत्ने व्यवस्था मिलाइएको छ । छात्रावासमा बस्ने विद्यार्थीलाई बिहान–बेलुकीको खाना, पोसाक, झोला, शैक्षिक सामग्री, जुत्ता उपलब्ध गराइएको छ । शिक्षकहरूले दैनिक रूपमा पालो गरेर छात्रावासका विद्यार्थीको हेरचाह र रेखदेख गर्ने जिम्मेवारी लिएका छन् । निजी स्रोतका एकजना शिक्षिकालाई थप सुविधा दिएर खाना पकाउने जिम्मेवारी दिएको प्रअ पौडेलले बताउनुभयो ।

विद्यालयको आन्तरिक कोषबाट छात्रावासको फर्निचर, लत्ताकपडा र खाद्यान्न व्यवस्थापन गरिएको छ । छात्रावासमा बस्ने बालबालिकाहरूमध्ये अधिकांश विपन्न र दलित समुदायका छन् । “पढाइमा राम्रो भएका बालबालिकाहरू पनि अभिभावकको गरिबीका कारण भोकै विद्यालय आउने र दिवा खाजाको भरमा दिन काट्नुपर्ने दयनीय अवस्था भएपछि छात्रावास सञ्चालन गर्ने निष्कर्षमा पुगेका हौँ,” पौडलले भन्नुभयो, “घरको काममा अभिभावकलाई सघाउनुपर्दा गृहकार्य गर्न नपाउने र विद्यालय नै छोड्नुपर्ने अवस्था हटाउन विद्यालयमै राखेर पढाउने व्यवस्था मिलाएका छौँ ।”

चुनौतीपूर्ण भए पनि छात्रावास सञ्चालनका लागि बेनी नगरपालिका, समुदाय र दाताहरूबाट सहयोग पाएमा निरन्तरता दिन सकिने प्रअ पौडेलको भनाइ छ । कक्षा ५ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा पछिल्लो समय विद्यार्थीको सङ्ख्या घट्दै गएपछि बेनी नगरपालिकाले कक्षा घटुवाको तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए