2026-09-12 03:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको उपचारका क्रममा निधन

काठमाडौँ | तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको निधन भएको छ।श्रेष्ठको मङ्गलबार साँझ ९३ वर्षको उमेरमा निधन भएको हो। श्रेष्ठ लामो समयदेखि बिरामी थिए। श्रेष्ठ २००७ सालको प्रजातन्त्र स्थापनको आन्दोलन, २०४६ सालको प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलन र २०६२÷०६३ को जनआन्दोलन गरी तीन वटै आन्दोलनमा सहभागी भएका थिए।

श्रेष्ठ व्यास नगरपालिकाको पूर्व वडा अध्यक्षसमेत रहका थिए। स्व श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ। स्वर्गीय श्रेष्ठको निधनमा नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारी, केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई, ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली लगायतले शोक विज्ञप्तिमा दुःख व्यक्त गर्दै स्वर्गीय श्रेष्ठको निधनले नेपाली काँग्रेसलाई अपूरणीय क्षति पुगेको बताएका छन्।

स्वर्गीय श्रेष्ठले प्रजातन्त्र प्राप्ति र नेपाली काँग्रेस पार्टीका लागि पुर्‍याएको योगदानको पार्टीले उच्च मूल्याङ्कन गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस