2026-09-12 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता

काठमाडौँ | जिल्लाको शुक्लागण्डकी नगरपालिकामा फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण गर्न त्रिपक्षीय सम्झौता भएको छ । नगर क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापन गर्न नगरपालिका, सूर्य नेपाल प्रालि र ग्रिन रोड कम्पनीबीच सम्झौता भएको नगरपालिका नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो ।

सम्झौतामा फोहोरमैला प्रशोधनका लागि आवश्यक पर्ने मेसिनरी सामग्री सूर्य नेपाल प्रालिले उपलब्ध गराउने, फोहोर सङ्कलन गरी प्रशोधन केन्द्रसम्म नगरपालिकाले पु¥याउने र केन्द्रमा फोहोरको वर्गीकरण तथा प्रशोधन ग्रिन रोड कम्पनीले गर्नेगरी सम्झौता भएको उहाँले बताउनुभयो ।

नगरप्रमुख पण्डितले भन्नुभयो, “नगरपालिकामा दिगो फोहोर व्यवस्थापनमा सहज हुने विश्वास गरिएको छ ।” बिहीबार सम्पन्न त्रिपक्षीय सम्झौतामा नगरपालिकाका तर्फबाट प्रमुख पण्डितसहित उपप्रमुख खुमबहादुर विक र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले हस्ताक्षर गरेका छन् । त्यसैगरी सूर्य नेपालका तर्फबाट कारखाना प्रमुख बाबुराम कार्की र गौतमकुमार यादव तथा ग्रिन रोड कम्पनीका तर्फबाट विमल बास्तोला, सञ्जीव बास्तोला र अजय केसीले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस