२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु

२०८२, १६ बैशाख मंगलवार ११:५८

काठमाडौँ | यहाँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा साखे सडक स्तरोन्नति सुरु गरिएको छ । शुक्लागण्डकी नगरपालिका र सडक बोर्डको साझेदारीमा उक्त सडक स्तरोन्नति सुरु गरिएको हो ।

सो सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–८ ढोरबाराहीको बाराही खोलादेखि मान्द्रे खण्ड सडक स्तरोन्नति भइरहेको वडाध्यक्ष नारायण थापाले जानकारी दिनुभयो । रु १५ लाखमा उक्त खण्ड ढलान सुरु गरिएको उहाँले बताउनुभयो । यस खण्डमा १५० मिटर सडक ढलान हुनेछ ।

शनिबारदेखि उक्त सडकखण्डको बराहखोला कल्भर्ट, कुमारी बैङ्क अगाडि र भाटीको डिल खण्डमा सवारी आवागमन बन्द गरिएको छ । एक महिनासम्म उक्त बाटो बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

त्यसैगरी भानु नगरपालिका–१२ स्थित भिसी शेरबहादुर सडकअन्तर्गत चन्द्रावती–घलेछाप सडकखण्ड स्तरोन्नति थालिएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालयको बजेटबाट स्तरोन्नति थालिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु एक करोड बजेटमा उक्त खण्डअन्तर्गत ढुङ्गेधारा घुम्तीबाट ४७० मिटर कालोपत्रसहित आवश्यक संरचना निर्माण भइरहेको वडा सदस्य सुदीप केसीले जानकारी दिनुभयो । शहरी विकास मन्त्रालयको रु एक करोड बजेटबाट ४९० मिटर कालोपत्रसहित अन्य संरचना निर्माण गरिने केसीले जानकारी दिनुभयो ।

पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वयन भएको २० लाख बजेटबाट सुरुआती विन्दु चन्द्रावतीमा १८० घनमिटर ग्याबिन जाली र ५४ घनमिटर पक्की नाला निर्माण सम्पन्न भइसकेको छ ।

भानु नगरपालिकामार्फत ठेक्का लागेको र निर्माण पक्षले पटक–पटक समय थप गर्दासमेत काम नगरेकाले सुरुआती विन्दुबाट कुडुलेसम्मको ठेक्का तोडी रु ७५ लाखमा करिब ९५० मिटर कालोपत्र सुरु गरिएको केसीले बताउनुभयो ।

हाल भइरहेको ४७० मिटर कालोपत्र सम्पन्न हुन केही दिन लाग्ने जनाइएको छ । हाललाई माथिल्लो घलेछाप, ओख्ले, बयापानी जाने उपभोक्ताहरुले वैकल्पिक मार्ग चन्द्रावती–अर्चले–आरबाजेमार्फत यात्रा गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै