२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

हावाहुरी र वर्षाका कारण तहसनहस ‘तानसेन महोत्सव’

२०८१, २८ चैत्र बिहीबार १७:०५

पाल्पा सदरमुकाम तानसेनमा जारी दोस्रो तानसेन महोत्सव बुधबार रातिको हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ। कार्यक्रम चलिरहेका बेला अचानक परेको भीषण असिना वर्षा र तेज हावाहुरीले महोत्सव स्थलमा अफरातफरीको अवस्था सृजना भएको थियो।

असिनासहितको वर्षाले हजारौं दर्शक, बालबालिका, वृद्धवृद्धा र सर्वसाधारण भागदौड गर्न बाध्य भएका थिए। सांस्कृतिक कार्यक्रमहरू तत्काल स्थगित गर्दै अर्को दिन सञ्चालन गर्ने तयारी आयोजकले गरेका थिए। तर राति १ बजेदेखि चलेको भीषण हावाहुरीले महोत्सवस्थलमा रहेका स्टेज, स्टल, प्रवेशद्वार र बार लगायत संरचना भत्काइदिएको छ।

प्रत्यक्षदर्शी व्यापारीहरूका अनुसार हावाले स्टलमा राखिएका सामग्रीहरू समेत उडाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाले हावाहुरी र वर्षाका कारण महोत्सवमा करोडौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ। महोत्सवको पुनः सञ्चालनको विषय अहिले अनिश्चित बनेको छ। आयोजक तानसेन नगरपालिकाका अनुसार महोत्सवस्थलमा नयाँ संरचना पुनः निर्माण नगरी कार्यक्रम अघि बढाउन सम्भव छैन। त्यसका लागि तत्काल बैठक बसेर पुनर्निर्णय लिने तयारी भइरहेको जनाइएको छ।

दोस्रो तानसेन महोत्सव यही चैत २२ गतेदेखि सुरु भई वैशाख ३ गतेसम्म चल्ने तय गरिएको थियो। मौसमको प्रतिकूलताले महोत्सवलाई गम्भीर प्रभावित बनाएकाले अबको कार्यतालिका फेरबदल हुन सक्ने संकेत आयोजकले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक