काठमाडौँ | मधेश प्रदेश सरकारले सीता जयन्ती र कबिर दास जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
जानकी नवमी अर्थात् सीता जयन्तीका दिन यही वैशाख २३ गते मङ्गलबार र कबिर दास जयन्तीका दिन (आगामी जेठ २८ गते) सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
मधेश प्रदेश सरकारले यसअघि गत चैत २२ गते राजपत्र प्रकाशित गरी सार्वजनिक गरेको सार्वजनिक बिदा सूचीमा दुई दिन थप गरेको जनाएको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनामा मधेश प्रदेशमा थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।
(आज बिहानको सेवामा सम्प्रेषित मधेस प्रदेशको ‘सार्वजनिक बिदाको सूचना’ सम्बन्धी समाचारमा असावधानीवश अन्यथा हुन गएकाले सच्याएर पुनः प्रकाशित गरिएको छ ।)