2026-09-11 10:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

घरबाट लुगा किनिदिन्छु भनेर लिने,लिएर गएपछी भारत पुर्‍याएर बेच्ने काम गर्थिन

काठमाडौँ । पर्सा प्रहरीले वीरगंन्ज महानगरपालिका वडा-१६ नगवाकी २० वर्षीया आलिया खातुनलाई शनिबार पक्राउ गर्‍यो। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई मानव बेचबिखन तथा ओसारपसार कसूरमा पक्राउ गरेको थियो।

उनलाई सोही वडामा बस्ने १३ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्‍याएर यौन व्यवसायमा लगाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साको एसपी गौतम मिश्रले जानकारी दिए।

उनलाई पक्राउ गरी प्रहरीले अुनसन्धान सुरू गरिसकेको छ। अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएको छ।। प्रारम्भिक अनुसन्धानबाट खातुनले बालिकालाई वैशाख २१ गते लुगा किनिदिन्छु भनेर लिएर गएको खुलेको छ। आफूले पहिलेदेखि नै बालिकालाई निगरानी गरिरहेको र नजिक हुने प्रयास गरिरहेको खातुनले बताएकी छन्। ‘एक साताजति घुलमिल भएको थिएँ,’ उनले प्रहरीलाई भनेकी छन्, ‘वैशाख २१ गते बालिकालाई नयाँ लुगा किनिदिन्छु भनेर घरबाट लिएर गएँ।’

चिनजान भएका कारण बालिकाले उनीसँग जान नहिचकिचाएको पनि प्रहरीले बताएको छ। सुरूमा खातुनले ती बालिकालाई आफ्नो घरमा लिएर गएकी थिइन्। तर त्यहाँ एक रात पनि नराखी भारतको बिहार रक्सौलको एउटा होटलमा पुर्‍याएको बताएकी छन्। त्यहाँ पुर्‍याएर चार दिनसम्म एकै होटेलमा राखेर यौन व्यवसायमा लगाएको खातुनले स्वीकार गरेकी छन्।

‘बालिकालाई यौन व्यवसायमा लगाएवापत प्रतिव्यक्तिबाट ५ हजार भारू लिने गरेको प्रहरीलाई बताएकी छन्,’ एसपी मिश्रले भने। बालिकाको परिवारले भने उनी हराएको प्रहरीमा निवेदन दिएका थिए। सोही आधारमा अनुसन्धान गर्दै जाँदा बालिकालाई २७ गते राति २ बजे लाई बिहारबाट उद्धार गरेको एसपी मिश्रले जानकारी दिए। बालिकालाई उद्धार गरेपछि खातुनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले बालिकाहरूलाई यस अघि पनि प्रलोभनमा पारेर बेचेको बताएकी छन्।

त्यसैले उनीविरूद्ध मानवबेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान थालिएको छ। खातुनविरूद्ध एक वर्षअघि अभद्र मुद्दामा कानुनी कारबाही समेत रेकर्डमा भेटिएको एसपी मिश्रले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस