2026-09-11 10:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण

काठमाडौँ | जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका-२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ ।

यहाँ एक कार्यक्रम आयोजना गरी नगरप्रमुख प्रह्लादकुमार क्षेत्री, नापी कार्यालयका प्रमुख रामविनय सिंह र सम्बन्धित वडाका वडाध्यक्ष श्यामराजा सिंह र काहारमान स्याङ्वाले संयुक्त रूपमा लालपुर्जा वितरण गर्नुभएको हो । बर्दिबास-५ का ६८ र बर्दिबास-२ का २४ परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।

बर्दिबास–२ बँदेलखाडीकी ८० वर्षीया भीममाया आले दङ्ग हुनुहुन्छ । आफ्नै घर भएको जग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । “यही जग्गाको कागज पाऊ भनेर दौडादौड गर्दागर्दै श्रीमान्को निधन भयो । आज मैले पाएँ”, आलेले भन्नुभयो, “अबचाहिँ घर आफ्नै जग्गामा भएको निस्सा भयो ।” श्रीमान कबिरमान आलेले ६० वर्षअघि बनाएको घरको जग्गा लालपुर्जा पाउँदा उहाँको सङ्घर्षको प्रतिफल पाएको अनुभूति भइरहेको उहाँको भनाइ छ ।

बर्दिबास–५ ढुङ्गेकी ७० वर्षीया बुद्धिमाया आले पनि घरबासको जग्गाको लालपुर्जा पाउँदा खुसी हुनुहुन्छ । स्वर्गीय श्रीमान् खड्कबहादुर आलेको मेहनत अहिले ५० वर्षपछि साकार भएको बुद्धिमायाले बताउनुभयो । जग्गाधनी प्रमाणपुर्जा पाउने ९२ जनामध्ये ८० भन्दामाथि मगर समुदायका छन् ।

घरजग्गाको लालपुर्जा पाएसँगै आफूपनि जग्गाधनी भएको बर्दिबास–५ का ७५ वर्षीय बुद्धबहादुर थापा मगरले बताउनुभयो । हातखुट्टा पक्षघातले सुकाएर हिड्डुलमा समस्या भोग्दै आउनुभएका उहाँले लालपुर्जा पाउँदा सबै शारीरिक कष्ट बिर्सेको प्रतिक्रिया दिनुभयो ।

आफू शारीरिक रूपमा अशक्त भए पनि घरजग्गाको लालपुर्जा पाउँदा खुसीले नाच्न मन लागेको उहाँको भनाइ छ । आफ्नो भनेर निस्सा देखाउने जग्गा कतै नभएका बेला थोरै भए पनि स्वामित्व दिँदा हर्षित भएको मगरले बताउनुभयो ।

जिल्ला नापी कार्यालयले बर्दिबास-२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको नगरप्रमुख क्षत्रीले उल्लेख गर्नुभयो । पाँच दशक पहिलेदेखि भोगचलन गर्दै आएका घरबासीको जग्गा नापजाँच गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको नापी कार्यालयले जनाएको छ ।

“हामीले सम्बन्धित वडाध्यक्षको रोहबरमा जग्गा नापजाँच गरी प्रमाणपुर्जा बनाएका हौँ”, नापी कार्यालय प्रमुख सिंहले भन्नुभयो, “जिल्लाभरि गाउँका घरबासी जग्गाका जग्गाधनी प्रमाणपुर्जा क्रमशः वितरण गर्दै आइएका छौँ, यो क्रम जारी रहन्छ ।” उहाँका अनुसार ती वितरण भएका जग्गाधनी प्रमाणपुर्जा सबै घरबास जग्गा हुन् ।

जिल्लाका सबै स्थानीयतहका वडा तथा बस्तीमा क्रमशः बसोबासका आधार र जग्गा भोगचलनका आधारमा घरजग्गाको नापजाँच गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गरिरहेको प्रमुख सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार वितरण गरिएका प्रमाणपुर्जा तीन धुरदेखि १० धुर क्षेत्रफलसम्मका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस