2026-09-11 08:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

प्रसिद्ध गहवामाई रथ यात्रा अगामी असारको दोस्रो साता

काठमाडौँ | वीरगञ्जको प्रख्यात गहवामाईको तेस्रो रथ यात्रा आगामी असारको दोस्रो साता हुने भएको छ । गहवामाई तीर्थ क्षेत्र विकास समितिका आयोजनामा आगामी असार १३ गते हजारौं दशनार्थीहरुका उपस्थितिमा रथयात्रा गर्न लागिएको हो ।

समितिका अध्यक्ष श्यामकुमार पोखरेलले विभिन्न उपसमित गठन गरेर रथयात्राको तयारी तिव्र पारिएको जानकारी दिनुभयो ।‘‘विगत दुई वर्षदेखि वीरगञ्जमा ५० हजारभन्दा धेरै दशनार्थीहरुको उपस्थितिमा गहवामाई रथयात्रा गर्दै आइरहेका छौं,’’ उहाँले भन्नुभयो, यो वर्षपनि पनि विगतका वर्षमा जस्तै भव्य र सभ्य ढंगले रथयात्रा गर्ने तयारीमा जुटेका छौं ।’’

समितिले रथयात्रालाई व्यवस्थित र मर्यादित गराउनको लागि विभिन्न नौ उपसमिति पनि गठन गरेको छ । धार्मिक समन्वय उपसमितिको संयोजक डा.पुरुषोत्तम दुवेले यसपटकको रथयात्रामा करिव ८० हजारभन्दा धेरै श्रद्धालु भक्तजनहरुको सहभागिता अपेक्षा गरिएको जानकारी दिनुभयो । ‘‘गहवामाई वीरगञ्जको प्रख्यात गहवामाई प्राचीन महत्वको धरोहर भएकाले पनि रथयात्रा गर्न लागिएको हो’’ उहाँले भन्नुभयो,‘‘भारतको जगन्नाथ पुरीमा जस्तै गरी वीरगञ्जको गहवामाई मन्दिरको पनि रथयात्रा निकाल्ने परम्पराको विकास गरेका छौं । यसले यहाँको पर्यटकीय स्थलको प्रचारप्रसारमा समेत सहयोगी हुने अपेक्षा गरेका छौं ।’’ असार १४ गते ५६ भोग र भण्डारा(प्रसाद) वितरण कार्यक्रम समेत राखिएको छ ।
मधेश प्रदेशमा नै प्रसिद्ध रथयात्रा भएकाले पनि रथयात्रामा साधुसन्त,महिलाहरुको उल्लेखनीय सहभागिता जनाउनेछन् । धार्मिक समन्वय समितिका संयोजक दुवेले धर्म,संस्कृति र संस्कार जोगाउन पनि रथयात्रा गर्दै आइरहेको दावी गर्नुभयो । ‘‘हाम्रो धर्म,संस्कृति र आस्था जोगाउनलाई जोगाउनको लागि पनि रथ यात्रा गर्न लागिएको हो,’’ उहाँले भन्नुभयो,‘‘ धर्म संस्कृति नयाँ पुस्ताका पिढीँलाई हस्तान्तरण गर्नका लागि आवश्यक भएकाले पनि गर्न लागेका हौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस