Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

साढे ६ लाख रुपैयाँभन्दा बढी नगदसहित एक भारतीय नागरिक पक्राउ

२०८२, ८ बैशाख सोमबार १३:०३

काठमाडौँ | नेपाल–भारत सीमावर्ती क्षेत्र रौतहटको मौलापुरमा प्रहरीले साढे ६ लाख रुपैयाँभन्दा बढी नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले मौलापुर नगरपालिका–६ स्थित पथराबुधराम सडक खण्डमा चेकजाँच गर्दा उक्त रकमसहित एक भारतीय नागरिक पक्राउ परेका हुन । पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्लाको कुंडवा चैनपुर ग्राम पंचायत निवासी २३ वर्षीय राज किशोर ठाकुर रहेका छन् ।

उनले चलाएको बिआर.०५ एसी ९४७७ नम्बरको मोटरसाइकलको सिट मुनि लुकाइराखिएको अवस्थामा भारतीय रुपैयाँ ५ सय दरका ६ सय थान र नेपाली रुपैयाँ १ हजार दरका ३५८ थान गरी ६ लाख ५८ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बरामद नगद रकमको स्रोत र उद्देश्यबारे स्पष्ट विवरण नदिएको भन्दै ठाकुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट रकम अवैध रुपमा नेपाल भित्र्याइएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश