By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Notification Show More
Font ResizerAa
  • Home
  • Read History
  • अर्थ/विकास
  • Global Security
  • Pages
    • Contact US
    • Search Page
    • 404 Page
  • Blog
Reading: गृहमन्त्री लेखकले सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न निर्देशन दिए
Share
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • Home
  • Read History
  • अर्थ/विकास
  • Travel
  • Global Security
  • Global Affairs
  • विश्व
  • सूचना प्रबिधि
  • Login
  • Blog
  • Contact
Search
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • Global Affairs
    • सूचना प्रबिधि
    • Travel
    • Global Security
  • Categories
    • अर्थ/विकास
    • Global Affairs
    • सूचना प्रबिधि
    • Travel
    • Global Security
  • Categories
    • अर्थ/विकास
    • Global Affairs
    • सूचना प्रबिधि
    • Travel
    • Global Security
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > मधेश प्रदेश > सिराहा - SRH > गृहमन्त्री लेखकले सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न निर्देशन दिए
मुख्य समाचारसमाजसिराहा - SRH

गृहमन्त्री लेखकले सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न निर्देशन दिए

साझासवाल
Last updated: April 16, 2025 1:06 pm
साझासवाल
Published: April 16, 2025
Share
SHARE

काठमाडौँ | गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्। करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सदाय मंगलबार आफ्नै घरमा मृत फेला परेकी थिइन्। गृहमन्त्री लेखकले यस घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिनुभएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ।

मृतक आनन्दीदेवी गत पुस ९ गते सिरहा बरियारपट्टी गाउँपालिका-१ मा बस्ने दिदीलाई भेट्न हिँडेको बखत स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट यौन दुव्र्यवहारमा परेकी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवं प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। उनका अनुसार निजहरू उपर जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएकामा उनीहरू पक्राउ पर्न सकेका छैनन्।

प्रहरी उपरीक्षक शर्माले आफू जिल्लामा आउनुअघिको घटना भएकाले यस सम्बन्धमा सुरुदेखि सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको जानकारी दिए। ‘गत फागुन २५ गते निजहरूविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको थियो। घटनालगत्तै पीडकहरू फरार छन्। उनीहरू नेपाल छाडी भारतमा लुकेका हुनाले खोजतलास गर्न चुनौती भए पनि प्रहरी प्रशासन निरन्तर लागिरहेको छ’, उनले भने, ‘पीडितमाथि यौन दुर्व्यवहारलगत्तै प्रहरीले मेडिकल जाँच, जिल्ला अदालतबाट पीडकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने काम गरेको छ।’

प्रहरी उपरीक्षक शर्माले आज मात्र घटनास्थल पुगी पीडितपरिवालाई भेटेको जानकारी दिए। ‘मृतक आनन्ददेवीको दुई वर्षकी छोरी छिन्। आनन्दीदेवी एकदवर्षदेखि माइतीमा बस्दै आएकी थिइन्। यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवी माइतमा कोही नभएको बेला झुन्डिएको अवस्थामा हिजो मृत फेला परेकी हुन्’, उनले भने। मृतकको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दक्षिण कोरियामा पूर्व प्रथम महिलासम्बन्धी अनुसन्धानः युनिफिकेसन चर्च नेताविरुद्ध गिरफ्तारी वारेन्ट माग
दाङमा अपहरण गरि कुटपिट गरेको आरोपमा सात जना पक्राउ
संवैधानिक आयोगमा नियुक्ति विवाद, आज सुनुवाइ हुँदै
नवजागृत क्याम्पसमा एमालेका उपाध्यक्षले घोषणा गरे अखिलको विजयी
नक्कली प्रहरी बनेर डकैती गर्ने आठ जना पक्राउ
Share This Article
Facebook Email Print
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?