2026-09-11 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण

काठमाडौँ | जिल्लाको बरियारपट्टी गाउँपालिका-४ स्थित तेनवापट्टीको बस्तीमा ६० दलित परिवारको बसोबास छ । दक्षिणतर्फ पर्ने हुलाकी सडकबाट नजिकमा रहेको यो बस्तीमा झण्डै चार सय बढी जनसङ्ख्या बसोबास गर्दै आएका छन् ।

गाउँपालिका र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा दुई महिनाअघि यहाँ कलधारा निर्माण गरिएपछि एउटा कुवामा निर्भर गाउँलेहरूलाई खानेपानीको समस्याबाट मुक्ति मिलेको छ । बरियारपट्टी गाउँपालिकाका विभिन्न दलित बस्तीमा हालसम्म ४८ वटा कलधारा उपलब्ध गराइएको हो ।

“दुई महिना अघिसम्म यहाँका स्थानीय खानेपानीका लागि एउटा कुवामा निर्भर थिए । कुवाको पानी पिउने, हातमुख धुने, नुहाउने, भाँडा माझ्नेलगायत काममा प्रयोग हुन्थ्यो”, स्थानीय अधनियादेवी सदायले भन्नुभयो । अहिले कलधारा निर्माण भएपछि पानीको समस्या समाधान भएको उहाँको भनाइ छ ।

“हातमुख धुन, घरायसी प्रयोजनका लागि आवश्यक पर्ने पानी भर्न बिहानैदेखि लाइनमा बस्नुपथ्र्यो । पानीका लागि निकै दुःख र हैरानी बेहोर्नुपरेको थियो”, विगतलाई स्मरण गर्दै सदायले भन्नुभयो, “अहिले बस्तीमा १० वटा कलधारा बनाइएको छ । खानेपानीको समस्या समाधान गरेकामा उहाँहरूलाई धन्यवाद ।”

यो कलधारा झण्डै दुई महिनाअघि संस्था र पालिकाले दिएको स्थानीय अमरिकाकुमारी सदायले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसअघि बस्तीमा रहेको कुवाबाट फोहर पानी आउथ्यो । फोहर नै भएपनि पिउनुपर्ने बाध्यता थियो । अहिले जडान गरिएको ट्युबवेलमा भने सफा पानी आइरहेको छ ।” यसअघि एउटा मात्र कुवा हुँदा नुहाउन बढी समस्या हुने गरेको अनुभव उहाँले सुनाउनुभयो ।

यस्तै समस्या थियो बरियारपट्टीको वडा नं २ स्थित खोक्सीको दलित बस्तीमा । चालिस परिवार रहेको उक्त बस्तीमा अहिले दुई वटा कलधारा जडान गरिएको बस्तीकी फूलकुमारी पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य केही कलधारा निर्माणको क्रममा छन् ।

त्यसैगरी वडा नं १ स्थित नर्गीमा रहेको दलित बस्तीमा छ वटा कलधारा निर्माण गरिएको छ । गर्मीको समयमा पानीको प्रयोग गर्न सहज भएको स्थानीय बताउँछन् ।

यहाँका दलित बस्तीमा पानीको चरम अभाव देखेपछि एकीकृत जीविकोपार्जन सुधार परियोजनाअन्तर्गत कलधारा उपलब्ध गराइएको दलित जनकल्याण युवा क्लबका कार्यक्रम संयोजक लालुप्रसाद पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यत्रो बस्तीका मानिसहरू एउटै कुवाको पानीमा निर्भर रहनुपरेको बाध्यता थाहा पाएपछि हामीले उहाँहरूलाई सहयोग गरेका हौँ । योसँगै हामीले उहाँहरूको जीविकोपार्जनका लागि अन्य सहयोगहरू पनि गरेका छौँ ।”

संयोजक पोखरेलका अनुसार बरियारपट्टी गाउँपालिकाका विभिन्न दलित बस्तीमा ४८ वटा कलधारा उपलब्ध गराइएको छ । उक्त कलधाराको रु ३० देखि रु ६० हजारसम्म लागत रहेको उहाँको भनाइ छ ।

संयोजक पोखरेलले परियोजनाअन्तर्गत दलित र सीमान्तकृत समुदायको जीविकोपार्जन, आम्दानी तथा उत्पादनमा वृद्धि, सरसफाइ, स्वच्छता र खाद्य व्यवहार सुधार तथा सामुदायिक समूहको सशक्तीकरणका लागि भूमिका निर्वाह गरिरहेको जानकारी दिनुभयो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामजुलुम मण्डलले विभिन्न संस्थाहरूसँग सहकार्य र समन्वय गर्दै विपन्न दलित समुदायको जीवनस्तर उकास्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस