१० जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

२३ बैशाख २०८२, मंगलवार १२:१३

काठमाडौँ | सिरहाको लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गरेको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमशः प्रत्येक महिनाको २२ गतेका दिन कार्यक्रमअन्तर्गत पोषण वितरण गरिँदै आइएको हो ।

सोही अनुसार सोमबार वडा नं २२ का ४० जना गर्भवती तथा सात जना सुत्केरी गरी ४७ जनालाई एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख महेशप्रसाद चौधरीले पोषणका सामग्री वितरण गर्नुभयो ।

स्थानीय तहको निर्वाचनअघि जनतासँग गरिएका प्रतिबद्धताअनुसार आफू नगरप्रमुख पदमा निर्वाचित भएदेखि भविष्यमा जन्मिने बच्चा स्वस्थ होस् भन्ने उद्देश्यले गर्भवती तथा सुत्केरीलाई कार्यक्रममार्फत पोषण वितरण सुरु गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो ।

“सुत्केरी अवस्थामा अतिविपन्न परिवारका महिलाले पोषिलो खानेकुरा खान नपाउँदा बच्चामा कुपोषण हुने तथा आमाको स्वास्थ्यमा पनि समस्या हुने जोखिम रहन्छ । त्यसलाई रोक्न थोरै भए पनि सहयोग गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरका हौँ”, उहाँले भन्नुभयो, “अहिले यो अत्यन्त प्रभावकारी भइरहेको छ ।”

स्वास्थ्य संस्थामा नियमित जाँच गर्ने सुत्केरी तथा गर्भवतीलाई कार्यक्रममार्फत पोषण सामग्री वितरण गर्ने नीतिका कारण सुविधा पाएसँगै अहिले स्वस्थ्य संस्थामा नियमित जाँच गर्नेको सङ्ख्या बढ्दै गएको नगरपालिकाकी सिनियर अनमी रिता यादवले बताउनुभयो ।

उहाँका अनुसार यस कार्यक्रममार्फत हालसम्म चार हजारभन्दा बढी सुत्केरी तथा गर्भवतीले सुविधा पाइसकेका छन् । कार्यक्रमअन्तर्गत चामल, दाल, नुन, तेल, चना, सोयाविनलगायत पौष्टिक आहार र खाद्यान्न सामग्री वितरण गर्ने गरिएको उहाँको भनाइ छ ।

नगरभित्र विपन्न तथा दलितको जनसङ्ख्या उल्लेख्य भएकाले यहाँका सुत्केरी तथा गर्भवतीको पोषणको अवस्था सुधारका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नगरप्रमुख चौधरीले बताउनुभयो । पोषण सामग्री प्राप्त गरेसँगै गर्भवती तथा सुत्केरीले खुसी भएका उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रूसतर्फ प्रहार भएका ११२ युक्रेनी ड्रोन नष्ट, आठ जना घाइते एआईको सही सदुपयोग गरी प्रयोग गरौँः मन्त्री पन्त सरकार नै हिंसाप्रेरित देखिएको भन्दै,पर्यवेक्षण गर्न मानव अधिकार आयोगलाई राजावादीको आग्रह इन्डोनेसियाको सुमात्रामा भूकम्प, १०० भन्दा बढी घर ध्वस्त गाजामा इजरायली हमलामा १६ जनाको मृत्यु नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ: प्रधानमन्त्री ओली यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द श्रम ऐन कार्यान्वयनमा कांग्रेसले आवश्यक पहल गर्ने : सभापति देउवा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै – के गर्दै छ कांग्रेस ? श्रीलंकाका क्रिकेटर एन्जेलो म्याथ्यूजले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा कर्णाली प्रदेशका स्थानीय तहका कर्मचारीहरु काम रोकेर आन्दोलनमा कालीगण्डकी स्वच्छता कार्यक्रमका लागि पूर्वाधार निर्माणको काम सुरु यसपटक बढी पानी पर्ने भएपछि डेंगु संक्रमणको जोखिम पनि बढ्ने खतरा: रोग नियन्त्रण महाशाखा तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा, आइतबारमात्रै मुद्दा दर्ता हुने युट्युबमा सर्वाधिक रुचाइएका मिस्टरबिस्ट २७ वर्षकै उमेरमा सेल्फमेड बिलिनियर बन्न सफल इरान र अमेरिकाबीच रोममा नयाँ चरणको आणविक वार्ता हुने पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने