2026-09-11 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

वडामै पुगेर सामाजिक सुरक्षा भत्तासँगै बिरामी जाँच

काठमाडौँ | हरेक त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नुपर्ने झण्झटिलो प्रक्रियाको अन्त्य गर्दै मालिकार्जुन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडामै पुगेर वितरण गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक अवधिको सुरक्षा भत्ता माछापुच्छ«े बैंकसँगको समन्वयमा वडातहमै गएर वितरण गरिएको हो ।

सामाजिक सुरक्षा रकम वडामै पुगेर वितरण गरेपछि सेवाग्राही खुसी भएका छन् । पालिका भित्रका ४५५ लाभग्राहीलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको एमआइएस अपरेटर लोकेन्द्रसिह धामीले जानकारी दिनुभयो । तेसो चौमासिकमा कुल रु ६२ लाख २२ हजार ६०० वितरण गरिएको छ ।

यस्तै भौगोलिक रुपमा विकट तथा अन्य विविध कारणले गाउँपालिकाबाट प्रदान गरिने सेवामा नागरिकको पहुँच सुनिश्चिता गर्ने उद्देश्यअनुरुप वडातहमै एकीकृत घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको धामीले बताउनुभयो । यही वैशाख १० गतेदेखि सञ्चालन भएको शिविरमा पालिकाभरिका दुई हजार ६९५ सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ । पालिकाको पशु शाखामार्फत वडातहमै पुगेर तीन हजार १२६ जनालाई औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिएको छ ।

यसैगरी स्वास्थ्य कार्यालयको सहकार्यमा सञ्चालित एआइ जडित एक्सरे सेवाबाट १६५ जनाले सेवा लिएका छन् । पालकाभरिका १७ जनाको क्षयरोग सम्बन्धी नमूना परीक्षण गरिएको छ । नागरिकलाई सहज, सरल र सर्वसुलभ सेवा प्रदान गरिने उद्देश्यले वडा तहमै पुगेर एकीकृत सेवा प्रदान गएिको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिनुभयो । गाउँपालिकाले विगतदेखि नै नियमितरूपमा वडा तहमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणलगायत स्वास्थ्य सेवा, किसान सूचीकरण सेवासहितका एकीकृत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस