2026-08-07 07:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

काठमाडौँ | कृष्णपुर नगरपालिका–२ स्थित मुक्त कमैया शिविरमा बस्ने परदेशनी चौधरीको दैनिकी पाहुनाको सेवा सत्कारमै बित्ने गर्छ । पाहुनालाई थारु समुदायको परम्परागत मौलिक खानाको जोहो गर्ने, पकाउने, खुवाउनमै दिन बितेको उहाँलाई पत्तै हुँदैन ।

उहाँले नौ वर्षदेखि यही काम गर्दै आउनुभएको छ । उहाँ जस्तै मुक्त कमैया परिवारका पाँच महिला मिलेर गाउँमा विजयसाल घरबास सञ्चालन गरेका छन् । घरबास सञ्चालन गरेपछि उनीहरुले पैसाका लागि श्रीमान्को मुख ताक्नु परेको छैन । घरबासमा विदेशीदेखि स्वदेशी पाहुना थारु परिकार चाख्न आउँछन् । घरबासमा आउने विदेशीको तुलनामा स्वदेशी पाहुनाको सङ्ख्या अधिक रहने उहाँ बताउनुहुन्छ ।

थारु समुदायको मौलिक खान्कीका रूपमा पतौला, मिसौला, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिका माछा, ढिक्री, अन्तीधानको भात, हरियो सागसब्जी, लसुनको चटनी, घाँेगीलगायत परिकार पाहुनाको रोजाइमा पर्ने गर्दछ । “घरबासको कमाइ पाहुनामा निर्भर हुन्छ”, चौधरीले भन्नुभयो, “कुनै महिना धेरै कमाइ हुन्छ, कुनै महिना थोरै ।” औसतमा मासिकरु ३० हजारदेखि रु ३५ हजारसम्म कमाइ हुने गरेको उहाँले बताउनुभयो ।

पाहुना बस्नका लागि थारु शैलीका सुविधा सम्पन्न पाँच घर निर्माण गरिएका छन् । एक घरमा दुईदेखि चार जनासम्म पाहुना राख्न सकिने व्यवस्था छ । “घरबासमा पाहुना आएमा पालो मिलाएर राख्छौँ,” उहाँले भन्नुभयो, “पाहुनाको सेवा सत्कारमा एकले अर्कालाई सहयोग गर्छौँ ।” उहाँका अनुसार पाहुनाको मागअनुसार परम्परागत पहिरन र आभूषणमा सजिएर पौराणिक नृत्य सखिया, झुम्रा, हुरदङ्गवा, लठ्ठि, दिन नचवालगायत देखाउने गर्दछन् । त्यसका लागि नृत्य टोलीनै गठन गरिएको छ । नृत्य देखाए बापत् रु एक हजार ५०० देखि रु तीन हजारसम्म शुल्क लिने गरिएको छ । उनीहरुले प्राङ्गारीक मल प्रयोग गरी उत्पादन गरेको तरकारी, अन्ती धानको चामल, स्थानीय जातका कुखुरा, बङ्गुर घरबासमा बस्न आउने पाहुनालाई खुवाउने गर्दछन् । तरकारी, अन्न उत्पादनसँगै कुखुरा र बङ्गुरपालनमा घरका पुरुषले सहयोग गर्ने गरेको चौधरीले बताउनुभयो ।

घरबास सञ्चालित गाउँमा नगरपालिकाले प्रवेशद्वार र गोलघर निर्माण गरेको छ । वडा कार्यालयले प्रत्येक घरमा ‘वाइफाइ’ जडान गरेको छ, भने ताल नामक गैरसरकारी संस्थाले घरबास सञ्चालकलाई फर्निचर र होर्डिङ बोर्ड राख्न सहयोग गरेको छ । घुम्ने इच्छा भएका पाहुनालाई नजिकैको जनहित महाकाली सामुदायिक वनभित्रको सिस्ने सिमसार क्षेत्रमा घुमाउने प्रबन्ध गरिएको घरबास सञ्चालक राजकुमारी चौधरीले बताउनुभयो । धेरै पाहुना घरबासमा बसेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न जाने गरेका छन् ।

घरबासमा आउने पाहुना फर्किँदा विजयसालका भाँडा खरिद गरेर लैजाने गर्छन् । घरबासमा संलग्न महिलाले बहुऔषधीय गुणयुक्त विजयसाल संरक्षण गर्दै आएका छन् । सामुदायिक वनसँग समन्वय गरेर रोपिएका विजयसालका विरुवा, रुखका ‘प्लट’ पाहुनालाई अवलोकन गराउन छुटाउँदैनन् । विसं २०७३ मा विधिवत रूपमा घरबास दर्ता गरी सञ्चालनमा ल्याइएको हो ।

घरबास सञ्चालन गर्नु अघि ती महिलाहरु श्रीमान्सँगै मजदुरी गरी जीविका चलाउँथे । घरबास सञ्चालनमा ल्याएपछि मजदुरी गर्नु नपरेको स्थानीय लीला चौधरी बताउनुहुन्छ । “मजदुरी गरेर आउने रकमले परिवारको खर्च चलाउन धौ धौ हुन्थ्यो”, उहाँले विगत सम्झँदै भन्नुभयो, “घरबास सञ्चालनमा आएपछि ती दुःखका दिनको अन्त्य भएको छ, पैसाका लागि अरुसँग हात थाप्नु परेको छैन ।” घरबासबाट आएको आम्दानीको केही रकम महिलाले गाउँकै सहकारीमा बचत गर्ने गरेका छन् । प्रचार प्रसारमा जोड दिन सके घरबासमा धेरै पाहुना भित्र्याउन सकिने सो वडाका वडा अध्यक्ष अर्जुन साउद बताउनहुन्छ । प्रचार प्रचारसँगै मौलिकतालाई निर्खान थप काम अगाडि बढाउने योजना रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव