2026-09-01 10:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण

कात्तिक २४, तम्घास । गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण गरिएको छ । रेसुङ्गाको पोखरीदेखि यज्ञशाला, सिद्धबाबा मन्दिर, दृश्यावलोकन स्तम्भ हुँदै पादुकानन्दसम्म जान सिँढी निर्माण गरिएको हो । पोखरीदेखि यज्ञशालासम्म ६८० मिटर र त्योभन्दा माथि पादुकानन्दसम्म ३०० मिटर गरी कुल ९८० मिटर बाटोमा  सिँढी निर्माण गरिएको हो । 

पोखरीदेखि यज्ञशालासम्म जाने सिँढीका लागि मात्रै धुर्कोट वस्तु तथा वाग्लुङको गलकोटबाट रु ७५ लाखको ढुङ्गा ल्याई प्रयोग गरिएको छ । यज्ञशालासम्मको सिँढी १२ फुट चौडा रहेको छ भने तीन लाइनको रेलिङ बनाइएको छ । प्रत्येक रेलिङको लाइनमा तीनवटा पाइप रहेको निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

प्रत्येक सिढीँको उचाइ छ इन्च र चौडाइ १४ इन्च रहेको छ । सिँढी बनाएर बचेको रकमबाट गरुणथानको मन्दिर बनाउन लागिएको छ । सिँढीको दुवैतर्फ नाली बनाइएको छ । अब छिट्टै नालीको दुवैपट्टिको किनारमा दृश्यावलोकन स्तम्भसम्म नै फूल र फलफूलका बिरुवा रोप्ने योजना रहेको भण्डारीले बताउनुभयो । सिँढी निर्माण भएसँगै रेसुङ्गा पुग्ने पर्यटकलाई सहज भएको छ । “पहिले पहिले धेरै हिलो हुने गर्दथ्यो, अहिले त सिँढी बनेपछि चिटिक्क भएछ”, छ वर्षपछि रेसुङ्गा घुम्न पुगेकी धुर्कोटकी कमला पोखरेलले भन्नुभयो, “अब रेसुङ्गासम्म पुग्ने बाटो पनि पिच हुनुपर्छ ।” तीन वर्षअघि गुल्मी उद्योग वाणिज्य सङ्घले रु १७ लाख ५० हजारको लागतमा सिँढी निर्माण कार्य शुरु गरेको थियो । 

त्यसपछि आर्थिक वर्ष ०७५÷७६ सम्म लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालयबाट रु ९५ लाख विनियोजन भयो । गत आवमा पनि रु ८० लाख विनियोजन भएको थियो । सरकारी लागत अनुमानअनुसार उक्त सिँढीको कुल लागत रु दुई करोड ५० लाख हो तर उपभोक्ता समितिमार्फत काम गर्दा रु कुल एक करोड ९२ लाख ५० हजारमा काम सकिएको निर्माण समितिका सचिव वीरेन्द्र भुसालले जानकारी दिनुभयो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला