2026-10-10 06:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इतिहास रच्दै ‘पुष्पा–२’, १९ औँ दिनमा आइपुग्दा कति कमायो?

काठमाडौँ | अल्लु अर्जुनको नेतृत्वमा बनेको व्यावसायिक एक्सन फिल्म ‘पुष्पा २: द रुल’ ले विश्वव्यापी बक्स अफिसमा १९ दिनमै १,६०७.४८ करोड भारतीय रुपैयाँको व्यापार गर्दै इतिहास रचेको छ।

यो उपलब्धिसँगै ‘पुष्पा २’ भारतीय फिल्म ‘दंगल’ र ‘बाहुबली २’ पछि १,६०० करोड पार गर्ने तेस्रो भारतीय फिल्म बनेको छ।

तेलगु भाषामा मात्रै यस फिल्मले ३०७ करोड भारुको व्यापार गरेको छ । यस अवधिमा हिन्दी भाषाबाटै मात्र यस फिल्मले भारु ६९० करोडको ग्रस कलेक्सन गरेको ।

फिल्मले पहिलो सातामा विश्वव्यापी रूपमा १,०३२ करोडको व्यापार गरेको थियो। दोस्रो सातामा फिल्मले २६४.८ करोड संकलन गरेको थियो। १९ औँ दिनमा आइपुग्दा पनि यस फिल्मले हिन्दी भाषामा १० करोड माथिको व्यापार गरेको छ ।

अबको केही दिनमै यो फिल्म हिन्दी भाषामा कलेक्सनका ७०० करोड क्लबमा प्रवेश गर्ने पक्का भएको छ ।

भारतीय मिडिया अमर उजालाका अनुसार ७०० करोडमा प्रवेश भएको अवस्थामा यो फिल्मले कीर्तिमान राख्नेछ । भारतीय फिल्मको इतिहासमा अहिलेसम्म कुनै हिन्दी भाषामा मात्रै यो आँकडा पार गर्न सकेका छैनन् ।

फिल्मले क्रिसमसको छुट्टीमा पुनः व्यापारमा सुधार गर्ने अनुमान गरिएको छ। यसबीच, बेरी जेनकिन्सद्वारा निर्देशित ‘मुफासा: द लायन किंग’ ले घरेलु बक्स अफिसमा कमजोर प्रदर्शन गरिरहेको छ। पाँच दिनमा ‘मुफासा’ ले केवल ५० करोडको नजिक मात्र व्यापार गर्न सकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने