2026-06-28 06:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गौरा र तीज मनाउन रोक

साउन ३२, बैतडी । सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ ।  कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लामा चाडपर्व मनाउँदा भीडभाड नहुने किसिमले मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ ।

तीज, गौराजस्ता पर्वहरु नजिक आइरहेको सन्दर्भमा नेपाल सरकारको निर्णयानुसार भीडभाड नहुने गरेर मात्रै चाडपर्व मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । नित्यपूजा र घरायसी पूजाबाहेक सामूहिकरूपमा गौरा, तीजजस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिकरूपमा चाडपर्व मनाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ । उहाँले भन्नुभयो, “यस्ता पर्वलाई अहिलेलाई घरभित्रै मनाउन आग्रह गरिएको छ ।”

गौरा पर्व भदौ १० गते परेको छ भने तीज भदौ ५ गते रहेको छ । यस्तै जिल्लामा सबै प्रकारका भेला, सेमिनार, गोष्ठी, तालिमलगायत भीडभाड हुने खालका कार्यक्रममा रोक लगाउने निर्णय भएको छ । यसैगरी भारत अथवा तेस्रो मुलुकबाट फर्केका नागरिकलाई अनिवार्य स्थानीय तहको क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउनका लागि स्थानीय तहहरुलाई आग्रह गर्ने निर्णय भएको छ ।

यस्तै स्थानीय तहहरुले आफ्नो क्षेत्रमा सङ्क्रमणको दर हेरेर लकडाउन गर्न सक्ने भएकाले लकडाउन गर्नुपर्ने अवस्था आएमा सो कार्य कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो । 

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले स्वास्थ्य सेवा, सुरक्षा र सार्वजनिक सेवा प्रवाहका लागि अग्रमोर्चामा काम गर्ने सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको पिसीआर परीक्षण गर्ने निर्णयसमेत भएको छ । बैतडीमा हाल ३२३ कोरोना सङ्क्रमित छन् । तीमध्ये चार जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी