By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    2 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    20 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    23 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सुखको खोजी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > सुखको खोजी
पर्बत - PBTलेख

सुखको खोजी

साझासवाल
Last updated: October 16, 2016 4:24 am
साझासवाल
15 Min Read
Share


-राजु विक

जीवन संघर्षको अन्तिम लक्ष्य नै सुख प्राप्ती नै हो ।
मानिस मात्रै होइन संसारका सबै प्राणीहरु सुखका भोका हुन्छन् ।
प्राणीमध्ये सुखको अधिक भोको प्राणी मानिस नै हो ।
जो कोही मानिस सुखको लागि मरिरहेको हुन्छ । सुखको लागि अरुलाई मारिरहेको पनि हुन्छ भन्दा अतियुक्ति नहोला ।
तर जे गरे पनि कसैले त्यति सजिलै सुख भेटेको देखिदैन । बरु आफुले खोजेको सुखको बलि चढेको हुन्छ । फलतः अन्तिम र अनन्त सुख मृत्युलाई प्रेम गरिरहेको हुन्छ । अर्थात, मृत्यु वरण गरिरहेको  हुन्छ ।
हुन सक्छ, मृत्यु नै दुःखको कारण हो । दुःखको कारण यस अर्थमा हो कि जब मृत्युको अनुभव हुन्छ । जब मृत्युको बारेमा सोचिन्छ । जब मृत्युसँग भयभित भइन्छ । जब मृत्युकै कारण हामी चिन्तित बनिन्छ ।
मृत्यु ! मतलब अन्त्य, विनाश, वियोग तथा पहिलो र अन्तिम भेट ।
किनकि, मृत्युपछि कोही फर्किदैन । भेटिदैन । केबल सम्झनामात्रै बाँकी रहन्छ ।
जन्मबिना जीवन सम्भव छैन । तर तितो सत्य सँगसँगै सुरु हुन्छ । जन्मसँगै मृत्यु पनि जोडिएको   हुन्छ । यो सृष्टिमा जन्मेपछि एक दिन मर्नु नै पर्छ । यो निश्चित नै छ  । कारण मृत्यु अकाट्य छ । मृत्यु ध्रुवसत्य कुरा हो । यसलाई कुनै शक्तिले पनि टार्न सक्दैन ।
दुनियाको सबै प्राणी डराउने एउटै वस्तु छ । त्यो हो मृत्यु ।
त्यसो किन होला ?
हुन सक्छ, यो अकाट्य छ । यसलाई कसैले टार्न सक्दैन । यो सँग कसैगरी पनि फुर्सद पाइदैन ।
मानिलिऊँ कि हामी सबैको दुःखको कारण मृत्युभन्दा अरु केही हुनै सक्दैन ।
यसैले हुन सक्छ, हामीलाई असह्य पीडा हुँदा मुखबाट अनायासै आउने गर्छ ।
मरँे ! ऐया बा मरेँ ! ऐया आम्मै मरँे ! हे भगवान बँचाऊ !
कोही मरिहाल्यो भने कसैले पनि सोध्न छाड्दैन, “ फलानो के कारण म¥यो ?”
उत्तरमा मिल्छ, “वृद्धापन, रोग, दुर्घटना, युद्ध, भोकमरी, आत्महत्या, हत्या, दैविक प्रकोप…………….।”
सबैको मृत्यु एउटै तरिकाले नहुँदो रहेछ । अर्थात मृत्युका धेरै रुपहरु हुँदा रहेछन् ।
जति रुप भए पनि मृत्युको प्रकृति भने एउटै हुन्छ ।
अर्थात, मृत्यु जीवनको अन्त्य हो । जो एकपल्ट मिलेपछि कोही फर्केर आउँदैन । यो प्राकृतिक सिद्धान्त हो । यसलाई कसैले संशोधन गर्न सक्दैन ।
तर पनि हामी मृत्युको भयले भागिरहेका हुन्छौँ ।
मतलब, हामीले मृत्युलाई स्वीकार्न सकिरहेका हुँदैनौँ । यसैकारण हामीहरु बाँच्दा पनि मरिरहेका हुन्छौँ ।
उल्लेखित तथ्यलाई हेर्दा मृत्यु शारीरिक र मनोवैज्ञानिक गरी दुई प्रकृतिका हुँदा रहेछन् ।
शारीरिक मृत्युका तुलनामा मनोवैज्ञानिक मृत्यु खतर्नाक हुँदो रहेछ । किनकि शारीरिक मृत्यु अनुभव हुँदैन तर मनोवैज्ञानिक मृत्यु अनुभव हुन्छ ।
मृत्युको अनुभव जस्तो पीडादायक अनुभव दुनियामा अरु कुनै अनुभव हुनै सक्दैन । यसलाई सहन सक्ने हैसियत गुमाइयो भने जो कोही मानिसलाई आत्महत्या नगरी फुर्सदै मिल्दैन ।
दुःखको कुरा यो छ कि संसारमा दिनप्रतिदिन आत्महत्या गर्ने मानिसको संख्या बढ्दै गएको छ । अविकसित र विकासोन्मुख मुलुकमा भन्दा विकसित मुलुकमा यसले विकराल रुप लिदै गइरहेको छ ।
आत्महत्या गर्ने मानिसप्रति हामी कसैको पनि सहानुभूति रहदैन । हामीले त्यस्ता मानिसप्रति दोस्रोपल्ट सोच्दैनौँ । किनकि त्यस्ता मानिसहरुलाई हामी सबैले घृणा गर्न सिकेका छौँ ।
कृपया गम्भीर बन्न सिकौँ । आत्महत्या ठुलो कुरो होइन । कोही आत्महत्यासम्म पुग्छ भने उसलाई त्यो अवस्थासम्म पु¥याउने कारक नै सबसे ठुलो र खतर्नाक वस्तु हो । त्यो दुर्घटना भोलि हामी माथि पनि पर्न सक्छ । भोलि हामी पनि त्यो अवस्थामा पुग्न सक्छौँ । त्यसैले आत्महत्या गर्नेलाई प्रेम गरौँ । किन ऊ त्यो अवस्थामा पुग्यो ? अध्ययन गरौँ । ऊ र उसको परिवारप्रति सहानुभूति राखौँ । सहयोग गरौँ । सदभाव राखौँ । जसबाट शिक्षा लिन पछि नपरौँ । आफु र अरुमाथि पर्ने त्यस्तो दुर्घटनामाथि सजग बनौँ ।
आत्महत्याको प्रमुख कारक मनोवैज्ञानिक मृत्यु नै रहेछ । मनोवैज्ञानिक मृत्युको अन्तिम नतिजा आत्महत्या नै हो ।
हामी कोही पनि मनोवैज्ञानिक मृत्युबाट मुक्त छैनौँ । यसको अर्थ हामी हरबखत, हरचिजमा आत्महत्या गरिरहेका हुन्छौँ । त्यसलाई स्वीकार्ने कि नस्वीकार्ने ?
म गरिब छु । यसैकारण मैले मेरा छोराछोरीको लालनपालन राम्रोसँग गर्न सकिन । उनीहरुको शिक्षादीक्षा र स्वास्थ्योपचारमा ख्याल पु¥याउन सकिन । आज मेरा छोराछोरी दुनियामा खराब र असफल मानिस भनेर चिनिन्छन् । मेरो लागि यो भन्दा ठुलो दुःख अरु कुनै हुनै सक्दैन ।
म गरिब छु । यसैकारण मलाई मेरा आफन्तहरुले हेला गर्छन् । उनीहरुले जे गरे पनि सह्य हुने बानी परिसकेको छ । तर उनीहरुको एउटा कुरा मलाई खड्किरहन्छ । त्यो के भने उनीहरु मलाई नचिने झैँ गर्छन् । म चाहेर गरिब भएको होइन नि ? म चाहेर दुःखी भएको पनि होइन नि ? म मनको कति धनी छु । उनीहरु मलाई सुन्नै चाहन्नन् । भेट्नै चाहन्नन् ।
मैले अध्ययनमा यति धेरै लगानी गरिसकेको छु ।
तर असफल भएँ ।
सफल त भएँ तर बेरोजगार छु ।
सफल भएँ । रोजगार पनि भएँ । तर रोजगारी भएर के गर्नु ? खान लाउन नै पुग्दैन ।
पहिले पैसाभन्दा ठुलो वस्तु केही देखिएन । यसैका लागि विदेश आइयो । पैसा त कमाइयो तर के गर्नु आफैलाई गुमाइयो ।
गरिबीको कारण पहिले पहिले एकपेट राम्रोसँग खान पाइएन । तर अहिले खान लाउनको कुनै दुःख  छैन । जे खोजे पनि छ । तर के गर्नु ? मलाई केही खानै हुँदैन ।
किन ?
मलाई त सुगर छ । मलाई त प्रेसर छ । मलाई त एलर्जी छ । ………………
मैले सबै दुःख छोडिदिएँ । खेतीपाती, जागिर, व्यापारव्यवसाय……………. सबै छाडिदिएँ ।
त्यसैले मलाई सुख छ । आनन्द छ ।
भनेर के गर्नु ?
सुत्यो निद्रा छैन ।
खायो भोक छैन ।
आरामले बस्न खोज्यो शान्ति छैन ।
डाक्टरकहाँ गयो रोग र ऋण बोक्यो आयो ।
धामीझाँक्रीकहाँ गयो चिन्ता बोक्यो आयो ।
आफन्तकहाँ गयो सहानुभूति बोक्यो आयो ।
तीर्थ गयो पाप बोक्यो आयो ।

खै मलाई सुख ?
मेरो काम त कति मजाको छ । केही गर्नै पर्दैन । बस्यो । खायो । मस्ती ग¥यो ।
भनेर के गर्नु ?
यति घिनलाग्दो पाराले मोटाइयो ।
काम सुखको भएर के गर्नु शरीर कामै नलाग्ने भइसक्यो ।
अति अल्छी । अति निस्क्रिय ।
यस्तो पनि जिन्दगी हुन्छ ?
काम हुन्छ भने जिन्दगी किन नहुने ?
सम्झौँ त पहिले के भनिएको थियो ?
मेरो काम त कति मजाको छ । केही गर्नै पर्दैन । बस्यो । खायो । मस्ती ग¥यो ।
केही गर्नै नपर्ने पनि काम हुन्छ ? हुन्छ भने बेकामे जिन्दगी पनि किन नहुनु ?
म सुखी छु कि दुःखी छु ?
हामीले यो प्रश्न अरुसँग गर्दैगर्दैनौँ ।
आफैसँग पनि गरेका छैनौँ होला ।
सुख त खाना खाने र पचाउने जत्तिकै हुन्छ ।
दुःख भने सम्झिन्छ ।
किनकि दुःख खाना पचाउन नसकेर बिरामी परे जत्तिकै हुन्छ ।
यसो भने माथि उल्लेखित घटना दुःख हुन कि होइनन् ?
यदि तिनी दुःख हुन भने यस्ता घटना त हामीसँग असंख्य छन् त ।
अब भने भनौँ न हामीले भोगिरहेका छौँ कि छैनौँ मनोवैज्ञानिक मृत्यु ?
आत्मालाई नढाटौँ । हामी बाँचिरहेका छौँ तर मरिरहेका छौँ किनकि हामीले मनोवैज्ञानिक मृत्यु भोगिरहेका छौँ ।
मतलब, हामी कोही पनि केही न केही कारणबाट दुःखी छौँ । हामी कोही पनि दुःख मुक्त छैनौँ ।
हाम्रो दुःखको अर्को कारण शारीरिक मृत्यु अवस्य हो ।
शारीरिक मृत्यु अकाट्य छ । यो हाम्रो वसमा छैन । यसको हामीले अनुभव समेत गर्न पाउँदैनौँ ।
मनोवैज्ञानिक मृत्युको अनुभव हुन्छ । चिन्ता नगर्नुहोस् । यो हाम्रो वसमा पनि छ । यसबाट मुक्त हुन पनि सकिन्छ । मनोवैज्ञानिक मृत्युलाई जित्नेहरुले शारीरिक मृत्युलाई टार्न नसके पनि अल्लि पर भने धकेल्न सक्छन् । शारीरिक रुपमा नभेटिए पनि भेटिनेहरुको मनोविज्ञानमा भने बाँचिरहेका हुन्छन् ।
जीवन अस्थिर छ । विनाशी छ । किनकि यो विनाशी तत्वबाट निर्मित छ ।
साथै विनाशी अनुभवबाट ग्रसित पनि छ नै । जस्तै हाम्रा नकारात्मक सोचाइ, आनीबानी र व्यवहारहरु  आदि हाम्रो विनाश गर्ने अर्थात हामीलाई जलाउने दाउरा र आगो हुन् ।
हामीले यसलाई स्वीकार्ने कि नस्वीकार्ने ?
यदि स्वीका¥यौँ भने हामीले मृत्युलाई पनि स्वीका¥यौँ । जब हामीले मृत्युलाई स्वीकार्छौ तब बाँच्ने अधिकार पनि राख्छौँ । अर्थात जीवनको मूल्यलाई बुझेका हुन्छौँ । हरेक पलमा जीवनको सार्थकता खोजिरहेका हुन्छौँ ।
जीवन सार्थकताको सम्बन्ध सबैका लागि दिलचस्पी हुन्छ नै । किनकि सबैले सार्थक जीवनको अपेक्षा गर्छन नै । यसैका लागि सबैको जीवन संघर्ष चलिरहेको हुन्छ ।
हाम्रो जीवन सपना जस्तै छ । जसरी निद्रा टुटेपछि सपना भेटिदैन त्यसरी नै समय वितेपछि पनि जीवन भेटिदैन । समय वितिसकेपछि जीवन खोज्दा पश्चाताप र आत्मग्लानी मात्रै हाता पर्छ ।
मेरो जीवनको आयु कति छ ?
के हामीले उक्त प्रश्नको विषयमा कहिल्यै सोचेका छौँ ? सोचेका छैनौँ । फुर्सद नभएर हो या सोच्न नसकेर या सोच्न नचाहेर हो थाहा छैन ।
वास्तवमा हामीले उक्त प्रश्नको विषयमा कहिल्यै सोचेका छैनौँ र सोच्ने पनि गर्दैनौँ ।
हामीले आफुलाई अजम्मरी ठान्छौँ । हाम्रा व्यवहार यस्ता हुन्छन् कि हामी कहिल्यै मर्नु पर्दैन । हामी आफु अति शक्तिशाली छौँ ।
यसैले हुन सक्छ । हामी निकै स्वार्थी बनिरहेका छौँ । आफ्नो विषयमा मात्रै सोच्ने गर्छौँ । हामीलाई आफ्नो मात्र चिन्ता लाग्ने गर्छ ।
जति चिन्ता गरे पनि हामी सुरक्षित र अजम्मरी भने छैनौँ । हामी मर्न पर्छ । हाम्रो जीवन अति क्षणिक र विनाशी छ ।
हाम्रो जीवनको आयु कर्कलाको पातमा टल्किने पानीको जत्तिकै छ । जलिरहेको आगोको कोइलालाई पिसेर फुकिदिँदा त्यहाँबाट असंख्य फिलिङ्गाहरु उड्छन् । अति आकर्षक र खतर्नाक पनि देखिन्छन् । तर निमेशभरमै ती सबै खरानी बनेर जमिनमा झर्छन् । हो जीवनको आयु त्यस्तै छ ।
प्रकृतिमा फुल्ने सुन्दर फुलहरु केही समयमै झरे जस्तै पछुतो लाग्दो आयु छ जीवनको ।
जीवनको यो क्षणिकतालाई हेरेर हामीले हाम्रो जीवनको मूल्य बुझ्नु पर्छ ।
जीवनको क्षणभङ्गूरतालाई बुझ्न हामी धेरै टाढा जानु पर्दैन । हामीले आफैलाई हेर्दा हुन्छ ।
हामी सास नफेरी कति समय बाँँच्न सक्छौँ ? हामीलाई हरेक समय भोक लाग्ने गर्छ । बँच्नका लागि खानु पर्छ । खाएर मात्र हुँदैन । पचाउनु पर्छ । उत्सर्जन गर्नु पर्छ । हामीलाई थकाइ लाग्छ । आराम गर्नु पर्छ । कुनै रोग लाग्यो भने हामी कमजोर बन्छौँ । भोक, प्यास, निद्रा, थकाइ, रोगव्याधी आदि हाम्रो जीवन क्षणभङ्गूरताका उदाहरण हुन् । यसर्थ हामीले हाम्रो प्राकृतिक कमजोरीको क्षतिपूर्ति गर्नका लागि जीवनको लगभग सबै समय खर्चिनु पर्ने बाध्यतामा हामी छौँ ।
कति दुःख लाग्दो अवस्था छ जिन्दगीको  । कति दयनीय अवस्था छ यसको ।
खै हामीले बुझेको ?
खै हामीले जीवनको सार्थकता खोजेको ?
समयमै विचार गरौँ है ।
आफ्ना आनीबानी, व्यवहार र समयलाई व्यवस्थित गर्न सकिएन भने अन्त्यमा सबै इच्छा र सपनाहरु अधुरै रहन्छन् । जीवन नै निरर्थक बनिदिन्छ ।
त्यसो भने सार्थक र सुखी जीवनको निर्माण कसरी गर्न सकिएला ?
वाणीमा विष या अमृत दुबै हुन्छ । विष पचाऊँ र अमृत पोखौँ । अर्थात मिठो र सत्य बोलौँ । अन्यथा बोल्दै नबोलौँ ।
समय, साधनस्रोत र अवसरको सदुपयोग गरौँ । मितव्ययी बनौँ ।
आफ्ना हरेक क्रियाकलापहरुलाई योजनाबद्ध र व्यवस्थित गराऊँ ।
अरुको भन्दा आफ्नो आलोचना बढी गरौँ । अर्थात कमजोरी स्वीकारौँ र सुधारौँ ।  
व्यक्तिगत स्वार्थबाट माथि उठौँ । सामाजिक स्वार्थलाई आत्मसात गरौँ ।
आफुलाई भन्दा बढी अरुलाई स्वीकारौँ ।
ईष्ट र दुष्ट चिनेर व्यवहार गरौँ ।
आत्मालाई मन नपर्ने व्यवहार त्यागौँ । किनकि हामी आफुलाई मन नपर्ने कुरा अरुलाई पनि मन पर्दैन भन्ने तथ्यलाई स्वीकारौँ ।
रिस, राग, द्वेष, घृणा, तिरस्कार, लोभ, डाहा, हिंसा र कुविचारलाई त्यागौँ ।
सध्रैँ सकारात्मक सोचौँ, सकारात्मक बनौँ ।
आफ्नो कारणले कसैलाई दुःख भएको त छैन ? विचार गरेर चलौँ ।
मानवतालाई व्यवहारमा उतारौँ ।
परोपकारबाट नै आफु र अरुको मुक्ति हुन्छ । कहिल्यै नबिर्सौँ ।
सधैँ धर्मको बाटो हिडौँ । किनकि धर्म अरुलाई र पाप आफुलाई हुन्छ । अर्थात धर्मको फल बाँडेर लिने दुनिया पाइन्छ तर पापको फल बाँडिचुँडी गर्ने दुनिया पाइँदैन ।
प्राणै किन नजाओस तर कर्तव्य पालना गर्न नछोडौँ ।
इच्छाश    िक्त जगाऊँ किनकि दुनियामा इच्छाशक्ति भन्दा ठुलो सफलता अरु केही छैन ।
आफ्नो पेशामा मर्यादित बनौँ । हामी नै हाम्रो पेशाप्रति असन्तुष्ट छौँ भने हाम्रो पेशाले हामीलाई कदापि सन्तुष्टि दिन सक्दैन ।
हामीसँग यस्ता धेरै उपायहरु हुन सक्छन् । तिनको खोजी गरौँ । आत्मसात गरौँ । व्यवहारमा उतारौँ । कतै सुख भेट्न सकिन्छ कि ?
जीवन सुखी त्यतिबेला मानिन्छ जतिबेला सार्थक जीवन बाँच्न र बँचाउन सकिन्छ । सुख रुखमा फलेको फल अवश्य होइन । यो कल्पना र अनुभवमा मात्र प्राप्त हुन्छ । यो महसुस हुने कुरा मात्र हो । कतिपय मानिसलाई हामीले दुःख देखेको कुरा सुख लागिरहेको हुन्छ । सधैँ प्राप्त हुने एउटै सुख पनि कहिलेकाही दुःख लाग्न थाल्छ । कलिेकाही दुःखमा पनि रमाइलो लाग्छ । कहिलेकाही सुखमा पनि नरमाइलो लाग्छ । त्यसैले सुखको वास्तविक परिभाषा छैन । सुखको एउटै रुप पनि छैन । सुख कसैले दिन र लिन सक्ने वस्तु पनि होइन । हामी सदा सुखको खोजीमा हुन्छौँ तर दुःखको गर्तमा परिहेका हुन्छौँ । सुख के हो ? दुःख के हो ? त्यो त सार्थक र आत्मसन्तुष्टिपूर्ण जीवन बाँँच्नेहरुलाई मात्र थाहा हुन्छ । हामी कस्तो जीवन बाँचिरहेका छौँ । त्यसको मूल्याङ्कन गर्ने व्यक्ति त हामी स्वयम नै हौँ । जीवन हाम्रै हातमा छ । यसलाई कस्तो बनाएर जिउने हो ? त्यो पनि हाम्रै हातमा छ । अब सुख लिने कि दुःख लिने ? आत्मनिर्णय आफै लिनुहोस् है ।
 लेखक प्रेस सेन्टर नेपाल पर्वतका सल्लाहकार हुन । उनी शिक्षक पेशामा आवद्ध छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article दुई लाखको लगानीले करोडको कारोबार थालेपछि…
Next Article टुहुरो गैँडाको बच्चा (केटो) मर्यो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

पर्बत - PBTराजनीति

मतदाता फकाउँदै घरदैलामो दल

57 years ago
काठमाडौँ - KTMपर्बत - PBTसमाज

साझासबाल पर्वतका सम्पादक केसीलाई नगरपालिकाका कार्यकारी अधिकृत पौडेलको ज्यानमार्ने आशयको धम्की

57 years ago
पर्बत - PBTसमाज

पहिराबाट पर्वतका १९ घरपरिवार विस्थापित

57 years ago

स्वास्थ्यका लागी दुध बढि फाईदाजनक कि दही ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?