२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कैलालीका सयभन्दा बढी घर डुबानमा, पानीबाट जोगिन मानिस माथिल्लो तलामा

२०८१, ५ भाद्र बुधबार ०९:३७

भदौ ५, काठमाडौँ । अविरल वर्षाका कारण कैलालीका केही बस्ती जलमग्न भएका छन्। 

कैलालीको कैलारी गाउँपालिकामा सयभन्दा बढी घरधुरी डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

उनका अनुसार कैलारी गाउँपालिका-५, को बस्ती डुबानमा पर्दा उद्धार गरेर १० जनालाई वडा कार्यालयमा राखिएको छ।


घरभित्र पानी पसेपछि त्यहाँका एक सय १६ परिवार प्रभावित भएका छन्।

‘घरभित्र पानी पसेर अहिले त्यहाँका मान्छे माथिल्लो तलामा बसेका छन्, अहिले घाम लागेकाले बिस्तारै पानी सुकिरहेको छ,’ सूचना अधिकारी जोशीले भने।

कैलालीको गौरीगंगा नगरपालिकाका विभिन्न ठाउँ पनि डुबानमा परेका छन्। डुबानले विस्थापित त्यहाँका ४ जना आफन्तकहाँ आश्रय लिएर बसेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका-९ ब्रह्मदेवमा बाढीले ३/४ बिगाह जमिन बगाएको छ।

अविरल वर्षाले राति यहाँका नदी तथा खोलामा पानीको सतह बढेको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ