2026-07-25 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कैँची हराएपछि जापानको एक विमानस्थलको ३६ उडान रद्द, के हो घटना ?

भदौ ५,  काठमाडौँ । जापानको एक विमानस्थलको स्टोरमा राखिएको एक जोडा कैंची हराउँदा ३६ उडान रद्द भएको छ । २०१ वटा उडान पूर्वनिर्धारित समयभन्दा ढिलो भएका छन् ।

बीबीसीका अनुसार गत शनिबार बिहान होक्काइदोको न्यू चिटोज विमानस्थलको आन्तरिक टर्मिनलको बोर्डिङ पास लिने ठाउँ नजिकको स्टोरमा राखिएको कैंची हराएको थियो । त्यसपछि, सुरक्षाको कारण देखाउँदै उडान प्रभावित भएको हो ।

सुरक्षाकर्मीहरुले विमानस्थलमा यात्रुहरुको दोहोर्‍याएर कडा सुरक्षा जाँच गरेका थिए । त्यसक्रममा यात्रुहरुको लामो लाइन लागेको थियो ।

बीबीसीले लेखेको छ, ‘अधिकारीहरुले त्यो दिन हराएको कैंची खोज्ने कोसिस गरेर तर भेटिएन । भोलिपल्ट त्यही स्टोरमा कैंची भेटियो ।’

विमानस्थलमा कैंची काण्डले जापानमा वार्षिक बोन उत्सव मनाएर घर फर्किरहेका यात्रुहरुले हैरानी खेप्नु परेको थियो । तीमध्येका एक यात्रुले भनेका छन्, ‘हामीसँग पर्खिनु बाहेक अरु कुनै विकल्प थिएन । मलाई लाग्छ एयरलाइन्सले अलिकति सावधानी अपनाउनुपर्छ ।’

कतिपयले विमानस्थलका अधिकारीहरुको प्रशंसा पनि गरेका छन् । उनीहरुले भनेका छन्-विमानस्थलका अधिकारीहरु यात्रुहरुको सुरक्षाका लागि कति चिन्तित छन् भन्ने कुरा यसले देखाउँछ ।

होक्काइदोको न्यू चिटोज विमानस्थल व्यस्त हुने विमानस्थलमा गनिन्छ । सन् २०२२ मा यही विमानस्थलबाट एक करोड ५० लाख यात्रुहरुले हवाई यात्रा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक