2026-07-25 02:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दयाहाङ, सौगात र प्रदीप फिल्ममा एकसाथ देखिँदै, सोमबारदेखि छायांकन

भदौ ६, काठमाडौँ । अभिनेताहरू दयाहाङ राई, सौगात मल्ल र प्रदीप खड्का फिल्ममा एकसाथ देखिने भएका छन्। 

कृषा चौलागाईँको निर्देशन रहने एक्सन–रिभेन्ज फिल्म ‘पिताम्बर’ मा यी अभिनेताहरू संगै देखिने भएका हुन्। यो दयाहाङ र प्रदीप साथै सौगात र प्रदीपको पनि पहिलो सहकार्य हुनेछ।

फिल्मको लामो समयदेखि तयारी चलिरहेको छ। 

फिल्ममा कलाकारहरूको लाइनअप बलियो बनेको छ। यसमा आर्यन सिग्देल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्य देव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी, रविन्द्र झालगायतका कलाकारहरूले पनि अभिनय रहनेछ। स्थापित कलाकारहरूको यस्तो जमघट नेपाली फिल्ममा कमै देख्न पाइन्छ। 

‘सबै कलाकारको भूमिका एकदमै इन्ट्रेस्टिङ हुनेछ,’ निर्देशक चौलागाईँले भनिन्, ‘हामीले सोहीअनुरूप तयारी गरेका छौं।’ 

फिल्मको छायाँकन आउँदो सोमबारदेखि सुरू हुँदैछ। काठमाडौंबाट छायांकन सुरू गरिनेछ भने त्यसपछि टिम नवलपरासीतर्फ लाग्ने निर्देशक चौलागाईँले बताइन्। 

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको फिल्मका छायांकार पुरुषोत्तम प्रधान हुन्। प्रदीप भारद्धाजको लेखन रहेको फिल्मको निर्मातामा विशाल चौलागाई छन्। ‘पिताम्बर’ को बजेट ५ करोड बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक