Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 22, 2024 समाज

भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य छैन : रवि लामिछाने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ६, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद कुनै हालतमा मान्य नहुने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार कसुरमा कुनै पनि प्रकारको हदम्याद नराख्न लगातार युवाहरुको फोन आफूलाई आइरहेको भन्दै पाँच वर्षे हदम्याद राख्ने कुरा हुनै हालतमा मान्य नहुने बताएका हुन् ।

उनले भने, ‘युवाहरूले यो प्रस्ताव पारित हुने त होइन भन्ने युवाहरूले चित्ता व्यक्त गर्नुभएको छ। म मेरो र मेरो दलको तर्फबाट सिंगो सदनलाई जानकारी गराउँछु, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्न हुने छैन। नो इफ नो बट हाम्रो कुरा क्लियर कट।’

रास्वपा भ्रष्टाचारको मुद्दामा कुनै पनि हदम्यादको पक्षमा नरहेको उनले बताए ।

उनले देशका युवाहरुले देशको चिन्ता गर्दै सांसदहरुलाई झकझकाउनु सकारात्मक भएको धारणा राखे । हदम्यादको विरोधमा सिंगो सदन एक ठाँउ उभिने उनको विश्वास छ ।