भदौ ६, काठमाडौं । अभिनेताद्वय विपिन कार्की तथा अर्जुन कार्कीलाई मातृशोक परेको छ । पशुपति आर्यघाटमा विपिन र अर्जुनले आफ्नी आमाको अन्तिम संस्कार गरिसकेका छन् । विपिन र अर्जुनलाई फोन, म्याजेस तथा भेटेर आमाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
त्यसो त सामाजिक सञ्जालबाट पनि यी कलाकारका फ्यानहरुले दुख व्यक्त गरिरहेका छन् । यद्यपि, अभिनेत्री वर्षा राउतले भने विपिनले आमा गुमाएको कुरा नलेखेर विपिनलाई जन्मदिनको शुभकामना भनेर आफ्नो इन्स्टास्टोरीमा राखेकी छिन् । आज विपिनको जन्मदिन हो, उनले जन्मदिनकै दिन आफ्नी आमालाई गुमाएका छन् ।
आमाको निधनका कारण कसैले पनि विपिनको जन्मदिनको उल्लेख गरेका छैनन् तर वर्षाले भने आमाको निधनप्रति अहिलेसम्म पनि कुनै कुरा लेखेकी छैनन् ।
विपिन र वर्षाले विभिन्न फिल्ममा एकसाथ काम गरेकाले होलान् वर्षालाई विपिनको जन्मदिन सम्झना थियो होला । यससँगै वर्षा अमेरिकामा भएकाले विपिनको आमाको निधनको खबर थाहा नभएको पनि हुन सक्छ । तर अहिले डिजिटल यूगमा स–साना कुरा पनि थाहा हुने हुँदा आफ्नो अनस्क्रिन जोडि विपिनको बारेमा थाहा नहुने कुरा त थिएन ।
खैर, जे भए पनि यदि वर्षाले भने झैँ यदि विपिनको आज जन्मदिन हो भने यो एउटा दुखद संजोग हो । जन्मदिनको दिन जन्मदिने आमा गुमाउनुको पीडा यतिबेला कस्तो भएको होला, त्यो शब्दमा वयान गर्न सकिँदैन् ।
विपिनलाई धैर्यधारण राख्ने शक्ति मिलोस् । आमाप्रति हार्दिक श्रद्धाञ्जली ।