Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 24, 2024 समाज

बस दुर्घटनामा मृत्यु भएका यात्रुको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने

By साझासवाल 2 मिनेट पढाइ

<p><b>भदौ ८, काठमाडौँ ।</b> नेपालमा बस दुर्घटनामा मृत्यु भएका महाराष्ट्रका यात्रुको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने भएको छ । शुक्रबार भारतीय नम्बर प्लेट भएको बस तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो ।&nbsp;<br></p><p>शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो |</p><p>दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।&nbsp;</p>