१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

थाहा पाउनुहोस्, आइफोन प्रो म्याक्स–१५ र प्रो म्याक्स–१६ बीच के-के छन् समानता र भिन्नता ?

९ भाद्र २०८१, आईतवार ०९:०७

भदौ ९, काठमाडौं । एप्पलले आगामी सेप्टेम्बरमा आइफोन १६ को सिरिज सार्वजनिक गर्दैछ।

कम्पनीले यसबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। तर, आइफोन ५ देखि कम्पनीले हरेक वर्षको सेप्टेम्बरमा आफ्नो फ्ल्यागशीप आइफोन सार्वजनिक गर्दै आएको छ। त्यसैले सन् २०२४ मा पनि नयाँ सिरिज सार्वजनिक हुने अनुमान छ। कम्पनीले आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स सार्वजनिक गर्ने अनुमान छ।

तर,तपाईले एप्पलको नयाँ भर्सन चलाउने रहर गरेर आइफोन प्रो म्याक्स–१५ किन्नुभएको छ ? थाहा पाइराख्नोस् आगामी महिना अर्थात् २०२४ सेप्टेम्बरदेखि बजारमा आइफोन प्रो म्याक्स–१६ आउन लागेको छ । नयाँ भर्सन आइसकेपछि तपाईलाई आफूले बोकेको फोन पुरानो मोडेलको भयो कि भन्ने चिन्ता लाग्न सक्छ ।


तर, चिन्ता नगर्नोस् । आइफोन प्रो म्याक्स–१५ र आइफोन प्रो म्याक्स–१६ मा धेरै ‘फिचर्स’हरुको समानता छ । केही सामान्य कुराहरु मात्र फरक छ । यी दुई भर्सनमा त्यति ठूलो भिन्नता रहने छैन ।

आखिर आइफोन प्रो म्याक्स–१५ र आइफोन प्रो म्याक्स–१६ कस्तो समानता र भिन्नता छ त ? आउनुहोस् तुलना गरौं ।

अपरेटिङ सिस्टम : अपरेटिङ सिस्टमको हिसाबले आइफोन प्रो म्याक्स–१६ मा आइओएस–१८ रहेको छ भने चिप्स ए–१८/२ नानोमिटर रहेको छ । तर, आइफोन प्रो म्याक्स–१५ मा आइओएस–१७, चिप्स प्रो–३ नानोमिटर छ । यस आधारमा आइफोन प्रो म्याक्स–१५ भन्दा १६ केही स्मार्ट हुनेछ ।

स्क्रिन  : दुबै फोन स्क्रिनको हिसाबले समान रहनेछन् । जस्तो–दुबै भर्सनको स्क्रिन साइज ६.७ इञ्च र स्क्रिन र बडीको रेसियो ८९.८ प्रतिशत रहनेछ । त्यस्तै, स्क्रिन रेजुलेसन दुबैको १२९०÷२७९६ पिक्सेल रहने छ । दुबै फोनको पिक्सेल डेन्सिटी ४६० पीपीआई रहनेछ भने स्क्रिन प्रोटेक्सन पनि समान रहनेछ ।

साइज  : आइफोन प्रो म्याक्स–१५ भन्दा आइफोन प्रो म्याक्स–१६ को लम्बाइ र चौडाई दुबै अलिकति बढी छ । तर, फोनको बाक्लोपन चाहिँ आइफोन प्रो म्याक्स–१६ को केही बढी हुनेछ ।

आइफोन प्रो म्याक्स–१५ को लम्बाइ १५९ एमएम छ भने चौडाइ ७६.७ एमएम छ । मोटाइ (बाक्लोपन) ८.३ एमएम छ ।

तर, आइफोन प्रो म्याक्स–१६ को लम्बाइ १६० एमएम, चौडाइ ७७.६ एमएम छ र मोटाइ (बाक्लोपन) ७.९ एमएम रहने छ ।

र्‍याम र मेमोरी : आइफोन प्रो म्याक्स–१५ र १६ दुबै भर्सनमा ८ जीबी ¥याम रहनेछ । दुबैले बाहिरी मेमोरी कार्ड सपोर्ट गर्ने छैनन् । इन्टरनल स्टोरेज मेमोरीमा भने आइफोन प्रो म्याक्स–१६ अलिकति स्मार्ट छ । आइफोन प्रो म्याक्स–१५ फोन २५६/५१२ जीबी र १ टीबीसम्मको पाइन्छ भने आइफोन प्रो म्याक्स–१६ चाहिँ यसका अतिरिक्त २ टीबी सम्मको पाइन्छ ।

क्यामेरा : क्यामेराको हकमा पनि आइफोन प्रो म्याक्स–१५ बोक्नेले आइफोन प्रो म्याक्स–१६ आउँदा कुनै टेन्सन लिनुपर्दैन । किनभने, दुबै फोनका क्यामेराको क्वालिटी समान हुनेछन् ।

दुबै फोनमा ४८ एमपी वाइडका ट्रिपल रियल क्यामेरा रहनेछन् । रिलय क्यामेरा अन्तरगत १२ एमपी टेलिफोटो र १२ एमपी अल्ट्रावाइड क्षमता रहनेछ ।

भिडियो रेकर्डिङ दुबैले ४–के/६० एफपीएस क्षमताको गर्नेछन् । सेल्फी खिच्दा दुबैको क्षमता समान अर्थात् १२ एमपी वाइड रहनेछ भने फ्रन्ड भिडियो दुबैले ४–के/६० एफपीएसकै खिच्नेछन् ।

ब्याट्री : मोबाइलको ब्याट्री आइफोन प्रो म्याक्स–१६ मा ४५०० MAh रहेको छ भने आइफोन प्रो म्याक्स–१५मा ४४४१ MAh रहेको छ । तारबाट चार्ज गर्दा दुबै फोन आधा घण्टामा ५० प्रतिशत चार्ज हुन्छन् ।

अन्य फिचर्स : युएसपी पोर्ट दुबै फोनले टाइप–सी सपोर्ट गर्नेछन् । आएपी रेटिङ पनि समान अर्थात् ६८ नै रहनेछ । स्क्रिन सेभर पनि समान छ । स्क्रिन ब्राइटनेस, रिफ्रेस रेट । स्क्रिन टाइप पनि समान रहेका छन् । दुबै फोनले ५–जी सपोर्ट गर्नेछन् । जीपीयु पनि दुबैको समान अर्थार ६–कोर रहनेछ ।

तर, सीपीयु चाहिँ आइफोन प्रो म्याक्स–१६ को अलि पावरफूल छ । आइफोन प्रो म्याक्स–१६ को सीपीयु ३.८३ गिगाहर्जको हुनेछ भने आइफोन प्रो म्याक्स–१५ चाहिँ ३.७८ को रहेको छ ।

मूल्य : अब दुईवटा फोनको मूल्यको तुलना गरौं । विश्व बजारमा आइफोन प्रो म्याक्सको विभिन्न प्रकारको दाम रहेको छ । सामान्यतः आइफोन प्रो म्याक्स–१५ को मूूल्य ११९९ अमेरिकी डलर अर्थात् करिब १ लाख ५९ हजार (नेपालमा १ लाख ८० हजार भन्दा बढी) पर्छ ।

आइफोन प्रो म्याक्स–१६ को मूल्य आइफोन प्रो म्याक्स–१५ को भन्दा एक सय डलर ( अर्थात् १३ हजार रुपैयाँ) बढी पर्ने अनुमान गरिएको छ । यो हिसाबले हेर्दा नेपालमा आइफोन प्रो म्याक्स–१६ को मूल्य झण्डै २ लाखसम्म पर्न जान्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक