भदौ १०, काठमाडौँ । काठमाडौँको शंखमुलमा खाजाघर र पुलहाउस सञ्चालक गर्दै आएका एक जना पुरुषको हत्या भएको छ। मृत्यु हुनेमा ४० वर्षीय रूपक बान्तवा रहेको प्रहरीले जनाएको छ ।
आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ।
बान्तवाले शंखमुलस्थित बागमती कोरिडोरको सुकुम्बासी बस्तीमा रहेको आफ्नै २ तले घरको भुइँ तल्लामा ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’ सञ्चालन गर्दै आएका थिए।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए।