2026-09-22 01:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वैदेशिक रोजगारका नाममा २४ जनाबाट दुई करोड बढी ठगी, दिल्लीबाट दुई नेपाली पक्राउ

भदौ १०,  काठमाडौँ । रोजगारीका लागि युरोपियन मुलुक ग्रीस पठाइदिने भन्दै २४ जनाबाट दुई करोड बढी रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका–४ का देव सुनार र भीमकुमार सुनार रहेका छन् । उनीहरूलाई भारतको दिल्लीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ​सुनारद्वयलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको वैदेशिक रोजगार ठगी पिलरबाट प्रहरी दिल्ली पुगेका थिए । 

दिल्लीस्थित थानाका एसपीको कमाण्डमा खटिएको टोलीले सुनारद्वयलाई पक्राउ गर्न सहयोग गरेको थियो । सुनारद्वयले आफूहरूलाई पक्राउ नगरे एक घण्टाभित्र ५० लाख रुपैयाँ दिने प्रलोभनसमेत देखाएका थिए । तर, अनुसन्धान कार्यालयका प्रहरी टोलीले जसरी पनि पक्राउ गरेर नेपाल लैजाने बताएपछि दिल्ली प्रहरीले राति नै सुनारद्वयलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो । 

दिल्लीको पहाडगञ्जमा मासिक १२ हजार भारतीय रुपैयाँ भाडा पर्ने फ्लाट लिएर बसेका सुनारद्वयले दुई जना नेपालीलाई १० महिनादेखि बन्धक बनाएर राखेको समेत पाइएको छ । बन्धक बनाइएका पीडित दुई युवाले प्रहरीमा अपहरण तथा शरीर बन्धक मुद्दा दिने तयारी गरेका छन् । 

सुनारद्वयको ठगीको धन्दा भने गजबको छ । प्रहरीका अनुसार ग्रीसमा रोजगार दिलाइदिने नाममा उनीहरूले सुदूरपश्चिमदेखि पूर्वझापासम्मका व्यक्तिलाई ठगी गरेका छन् । गत वर्ष असारसम्म सुनारद्वयले २४ जनाबाट जनही १० देखि १२ लाख रुपैयाँ उठाएका थिए । पैसा उठाइसकेपछि उनीहरू एकाएक सम्पर्कविहीन भएका थिए । पीडितले फोन गर्दा नउठाउने र उठाइहाले पनि विदेश पठाईदिने बचन दिन्थे । प्रहरीका अनुसार कतिलाई पैसा फिर्ता दिने आश्वासन पनि दिएका थिए ।  

पीडितमध्येका एक नवराज बडुवाललाई ग्रीस पठाउने भन्दै सुनारद्वयले ३८ लाख रुपैयाँ ठगी गर्न भ्याए । त्यो पनि बैंक खाता प्रयोग गरेर । केहीपीडितबाहेक सबैले बैंक खाताकै माध्यमबाट उनीहरूलाई रकम दिएको देखिन्छ ।

अपराध अनुसन्धान कार्यालयमा भेटिएका पीडित मध्येकी सुष्मा तामाङका अनुसार ग्रीसमा लैजाने भन्दै उनीसँग १२ लाख रुपैयाँ लिएका थिए । तर, गत असारबाटै सम्पर्कविहीन भएका सुनारद्वयलाई पक्राउ गरी कारबाही गर्न तामाङसहित अन्य पीडितले वैदेशिक रोजगार विभागमा उजुरी हालेका थिए । विभागले गत वर्ष चैत १३ मै अनुसन्धान कार्यालयमा पत्र पठाउँदै सुनारद्वयलाई पक्राउ गरी सहयोग गर्न भनेको थियो । 

अनुसन्धान कार्यालयले सुनारद्वयलाई विभागमा बुझाएको छ । कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार वैदेशिक रोजगारीको प्रलोभन देखाएर यी दुई जनाले दुई करोड बढी ठगी गरेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु