2026-09-22 01:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ममता भट्टका श्रीमानको गूगल सर्च- श्रीमती मरेको कति समयपछि अर्को विहे गर्न मिल्छ ?

भदौ ११,  काठमाडौँ । अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता भट्टको ‘हत्या’ गरेको आशंकामा उनकै श्रीमान नरेश भट्ट प्रहरी हिरासतमा छन् । भट्टले श्रीमतीको हत्या गरी शव लुकाएको प्रहरीले बताएको छ ।

काभ्रे घर भएकी ममता गत ३० जुलाइबाट अमेरिकामा सम्पर्कविहिन भएकी थिइन् । उनका श्रीमानले भने ५ अगष्टमा मात्रै प्रहरीमा औपचारिकरुपले रिपोर्ट गरेका थिए । नेपाली समुदायले सुरुबाटै उनीमाथि शंका गरेका थियो । अन्ततः घरमा प्रहरीले खानतलासीपछि भट्टराई पक्राउ गरेको हो ।

भट्टले अपराध स्वीकार गरेका छैनन् । हिजो उनलाई मनसास स्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो । उनले आफूलाई अंग्रेजी राम्रो बोल्न नआउने भन्दै दोभासेमार्फत बयान दिए । सुनवाइपछि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । हिरासतमुक्त गर्दा भाग्न सक्ने र समाजका लागि खतरा हुनसक्ने भन्दै न्यायधीशले धरौटी दिन अस्वीकार गरेका हुन् । अर्को सुनवाइ २४ अक्टोबरलाई तोकिएको छ ।

प्रहरीले घटनास्थलमा हत्याका प्रमाणहरु नष्ट गर्न खोजिएका थुप्रै प्रमाण भेट्टाएको थियो । कार्पेटमा रगतको दाग देखिएको, वाथटवमा रगत बगेको, भट्टले वालमार्टबाट फरक साइजका तीनवटा चक्कु किनेर ल्याएको लगायतका प्रमाणहरु प्रहरीले अदालतमा बुझाइसकेको छ । त्यसबाहेक भट्टले योजनावद्धरुपमा श्रीमतीको हत्या गरेको एउटा बलियो प्रमाण प्रहरीले पेश गरेको छ । त्यो हो, भट्टको गुगल सर्च हिस्ट्री । उनले अप्रिल २१ मा आफ्नो काम गर्ने कम्प्युटरबाट ‘how soon can a person get married after his wife dies’ श्रीमती मरेको कति दिनमा एउटा पुरुषले अर्को विहे गर्न सक्छ ? भनेर गुगल सर्च गरेका थिए । यसलाई पनि प्रमाणका रुपमा अदालतमा देखाइएको थियो ।

नरेशका वकिलहरुले उनीविरुद्ध ठोस प्रमाण नभएको र कुनै अपराधिक पृष्ठभूमि नरहेकाले धरौटीमा छोडन अपिल गरेका थिए । नरेश स्वयम्ले भने केही पनि बोलेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु