६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ममता भट्टका श्रीमानको गूगल सर्च- श्रीमती मरेको कति समयपछि अर्को विहे गर्न मिल्छ ?

११ भाद्र २०८१, मंगलवार ०७:१७

भदौ ११,  काठमाडौँ । अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता भट्टको ‘हत्या’ गरेको आशंकामा उनकै श्रीमान नरेश भट्ट प्रहरी हिरासतमा छन् । भट्टले श्रीमतीको हत्या गरी शव लुकाएको प्रहरीले बताएको छ ।

काभ्रे घर भएकी ममता गत ३० जुलाइबाट अमेरिकामा सम्पर्कविहिन भएकी थिइन् । उनका श्रीमानले भने ५ अगष्टमा मात्रै प्रहरीमा औपचारिकरुपले रिपोर्ट गरेका थिए । नेपाली समुदायले सुरुबाटै उनीमाथि शंका गरेका थियो । अन्ततः घरमा प्रहरीले खानतलासीपछि भट्टराई पक्राउ गरेको हो ।


भट्टले अपराध स्वीकार गरेका छैनन् । हिजो उनलाई मनसास स्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो । उनले आफूलाई अंग्रेजी राम्रो बोल्न नआउने भन्दै दोभासेमार्फत बयान दिए । सुनवाइपछि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । हिरासतमुक्त गर्दा भाग्न सक्ने र समाजका लागि खतरा हुनसक्ने भन्दै न्यायधीशले धरौटी दिन अस्वीकार गरेका हुन् । अर्को सुनवाइ २४ अक्टोबरलाई तोकिएको छ ।

प्रहरीले घटनास्थलमा हत्याका प्रमाणहरु नष्ट गर्न खोजिएका थुप्रै प्रमाण भेट्टाएको थियो । कार्पेटमा रगतको दाग देखिएको, वाथटवमा रगत बगेको, भट्टले वालमार्टबाट फरक साइजका तीनवटा चक्कु किनेर ल्याएको लगायतका प्रमाणहरु प्रहरीले अदालतमा बुझाइसकेको छ । त्यसबाहेक भट्टले योजनावद्धरुपमा श्रीमतीको हत्या गरेको एउटा बलियो प्रमाण प्रहरीले पेश गरेको छ । त्यो हो, भट्टको गुगल सर्च हिस्ट्री । उनले अप्रिल २१ मा आफ्नो काम गर्ने कम्प्युटरबाट ‘how soon can a person get married after his wife dies’ श्रीमती मरेको कति दिनमा एउटा पुरुषले अर्को विहे गर्न सक्छ ? भनेर गुगल सर्च गरेका थिए । यसलाई पनि प्रमाणका रुपमा अदालतमा देखाइएको थियो ।

नरेशका वकिलहरुले उनीविरुद्ध ठोस प्रमाण नभएको र कुनै अपराधिक पृष्ठभूमि नरहेकाले धरौटीमा छोडन अपिल गरेका थिए । नरेश स्वयम्ले भने केही पनि बोलेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति