भदौ ११, काठमाडौँ । सेल्फी लिने क्रममा गत हप्ता जर्मनीमा एक चचिर्त खेलाडीको मृत्यु भएको छ ।

सेल्फी लिने क्रममा चेक गणतन्त्रकी २३ वर्षीया जिम्नास्ट स्टार खेलाडी नताली स्टिचोभाको पहाडबाट लडेर मृत्यु भएको हो ।

अगस्ट १५ मा जर्मनीको बाभेरियास्थित टेगेलबर्ग पहाडमा सेल्फी खिच्ने क्रममा उनी २६२ फिट गहिरो खाडलमा खसेकी थिइन् । तुरुन्तै उनलाई हेलिकप्टरबाट उद्धार गरी अस्पतालमा भर्ना गरिएको थियो ।

तर, ६ दिनको उपचारपछि अगस्ट २१ मा उनको मृत्यु भएको हो । अधिक चोटका कारण दिमागमा असर पुगेकाले उनलाई बचाउन नसकिएको समाचारमा जनाइएको छ ।

घटना हुँदा उनीसँग प्रेमी डेभिडसहित दुई साथी थिए । उनीहरू साहसिक यात्राका लागि पहाडमा पुगेका थिए । उनी चिप्लेर लडेकी हुन् या चट्टानको ढुंगा खसेर लड्न पुगेकी हुन् भन्नेबारे स्पष्ट नभएको डेली मेलले जनाएको छ ।

Related News