धरानमा सासू र सालीलाई छुरा हान्ने पक्राउ

साझासवाल

भदौ ११, काठमाडौँ । धरान नगरपालिका माछाभौडीमा ज्वाइँले सासू र सालीलाई छुरा प्रहार गरेका छन् ।

माछा भौडीमा बस्दै आएकी सृजना शाही र युजिना शाहीमाथि आज दिउँसो छुरा हानिएको थियो । छुरा हान्ने ज्वाइँ भएको खुलेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट घाइते भएका सृजना शाही र शाली युजिना शाहीलाई उपचार गर्न बिपी प्रतिष्ठान पुर्‍याइएको छ ।

छुरा प्रहार गरी फरार भएका ज्वाइँ भनिएका व्यक्तिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

छुरा प्रहार गर्नेको नाम भने प्रहरीले खुलाएको छैन । काठमाडौंबाट आएर सासू र सालीलाई छुरा हानेको प्रहरीले जनाएको छ ।

युजिनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बिपी प्रहरीले जनाएको छ । के कारणले छुरा प्रहार गरियो भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Comment

Leave a Reply