२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरानमा खुकुरी प्रहारबाट १४ वर्षीया बालिकाको मृत्यु, एक जना घाइते

२०८१, ११ भाद्र मंगलवार ११:२६

भदौ ११, काठमाडौँ । सुनसरीको धरानमा खुकुरी प्रहारबाट बालिकाको हत्या भएको छ। 

मंगलबार मध्यान्हमा धरान उपमहानगरपालिका-३ माछाभौडीमा खुकुरी प्रहार गरी एक जना बालिकाको हत्या भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालले जानकारी दिए।

माछाभौडी बस्ने ३७ वर्षीया सिर्जना शाही र उनकी १४ वर्षीया छोरी युनिसा शाहीमाथि बहिनीज्वाई पर्ने खाँदबारी नगरपालिका-२ बस्ने ३३ वर्षीय बबिन बरालले खुकुरी प्रहार गरेका थिए।


सिर्जना आफ्नै मोबाइल पसलमा बसिरहँदा बबिनसँग घरायसी विवाद भएको थियो। सामान्य झगडा हुँदा बबिनले सिर्जना र उनकी छोरी युनिसामाथि अन्धाधुन्धा खुकुरी प्रहार गरेको एसएसपी दाहालले बताए।

खुकुरी प्रहारबाट सिर्जनातको बाँया पाखुरामा चोट लागेको छ। युनिसाको बाँया छातीमा गम्भीर चोट लागेको थियो। 

घाइते दुबै जनालाई प्रहरीले उद्धार गरी उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाइएको थियो। त्यहाँ उपचारको क्रममा पौने १ बजे चिकित्सकले युनिसालाई मृत घोषणा गरेको थियो। 

बबिनलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने