पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ १३, काठमाडौँ । </b>आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।<br></p><p>विहिबार सुन तोलाको एक सयले बढेर तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मुल्य १ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो ।</p><p>त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।</p>

