Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 2, 2024 समाज

छोरालाई बिदाई गरेर फर्कंदा बकैया खोलाले बगाएकी नानुमायाको शव बारामा भेटियो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १७, काठमाडौँ । आइतबार (हिजो) बिहान मकवानपुरको बकैया गाउँपालिका–६ स्थित बकैया खोलाले बगाएर बेपत्ता भएकी नानुमाया तितुङको शव फेला परेको छ।

सोमबार (आज) बाराको कोल्हबी नगरपालिका–२ स्थित बकैया खोलाको किनारमा तितुङ मृत अवस्थामा फेला परेकी हुन्।

आइतबार निजगढबाट बकैया फर्कन खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको थियो। खोला तर्ने क्रममा उनलाई बगाएको तराई–मधेस फास्ट ट्रयाकमा काम गर्ने कामदारहरुले देखेका थिए।

नानुमायाका छोरा छिरिङ तितुङ आज बैदेशिक रोजगारीका लागि साउदी अरव जाने तयारीमा थिए।

आफ्नो छोरालाई बिदाई गर्न निजगढसम्म पुगेकी नानुमाया छोरालाई बिदाई गरेर एक्लै हिँड्दै घर फर्किएकी थिइन्।

घर फर्कने क्रममा खोला तर्दा उनलाई बाढीले बगाएको सोही वडाका वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए।