<p><b>भदौ १८, काठमाडौँ ।</b> सिन्धुपाल्चोकमा आज बिहान भूकम्प गएको छ। <br></p><p>आज बिहान ६:११ बजे शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।</p><p>केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। </p>
